‘प्रधानमन्त्रीको भारत भ्रमणमा थुप्रै कामहरू गर्नुपर्ने भएकाले अलि ढिलाइ भएको हो’ : परराष्ट्रमन्त्री साउद


महेन्द्रनगर । नेपाल सरकारका परराष्ट्रमन्त्री नारायणप्रकाश एनपी साउदले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी अन्तिम चरणमा पुगेको र भ्रमणका क्रममा औपचारिक रूपमा सीमा समस्या बारे छलफल हुने बताएका छन् । आइतबार प्रेस युनियन कञ्चनपुरको आयोजनामा आयोजित पत्रकार सम्मेलनमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले छिट्टै मिति तय गरेर भ्रमणमा थुप्रै कामहरू गर्नुपर्ने भएकाले ढिलाइ भएको बताएका हुन् ।
उनले भने, ‘दुवै देशको आन्तरिक तयारी अन्तिम चरणमा पुगेको छ । छिट्टै मिति तय भएर भ्रमण हुन्छ । भ्रमणमा थुप्रै कामहरू गर्नुपर्ने भएकाले अलि ढिलाइ भएको हो । थुप्रै आयोजनामा एमओयुका काम छन् । सीमाका समस्या समाधानका कुरा छन् । महाकाली सिचाई तेस्रो चरणको पानीको कुरा छ । पुराना सन्धि सम्झौताका कुरा छन् । सबै पक्षको प्राथमिकता निर्धारण गरी छलफलबाट समाधान निकाल्छौ ।’
भ्रमणका क्रममा सीमा समस्या, सुख्खा बन्दरगाह निर्माणमा एमओयु लगायतका सन्धि सम्झौता कार्यान्वयन तथा नयाँ थुप्रै कामहरू गर्नुपर्ने भएकाले यसको अध्ययन गरेरै भ्रमण गर्ने तयारी भइरहेको उनको भनाई छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...