सरकारलाई राजेन्द्र लिङ्देनको प्रश्न : पूर्वलडाकुलाई पैसा बाँड्ने सरकारले महावीरको माग किन सुन्दैन ?
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनलाई राप्रपाले ऐक्यबद्धता जनाएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले माइतीघर पुगेर पुनको आन्दोलनमा समर्थन जनाएका हुन् ।
अध्यक्ष लिङ्देनले यो व्यक्ति र क्षेत्रको कुरा नभएर अनुसन्धान, नवप्रवर्धन र आविष्कार प्रवर्द्धनको विषयमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । उनले भने, उहाँहरूले उठाएको कुरामा सरकारले सम्बोधन गर्नुपर्छ । तर, उहाँ जस्तो मान्छे सडकमा आएर धर्ना बस्न बाध्य बनाएको छ । सरकारले माग पुरा नगरेसम्म हाम्रो साथ रहन्छ । यो कुनै तर्कबाट टाल्नुपर्ने होइन । पूर्व लडाकु र स्वास्थ्य उपचारको लागि करोडौँ पैसा बाँड्न सक्नेले आविष्कारको लागि किन खर्च गर्न सक्दैन’ उनले प्रश्न गरे ।
प्रधानमन्त्रीले आएर पुनसँग तत्काल सम्झौता गर्नुपर्ने बताए। संसदबाट कानुन बनाएर भए पुनको माग सम्बोधन गर्नुपर्ने उनको भनाइ छ । पुनको आन्दोलनलाई समर्थन गर्न डा। गोविन्द केसी लगायत पनि माइतीघर पुगेका छन् ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...