रक्षा मन्त्री र महावीर पुनबिचको छलफल सकारात्मक, साँझ औपचारिक वार्ता

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबिचको छलफल सकारात्मक भएको छ । आइतबार दिउँसो सिंहदरबारमा कानुन मन्त्री समेत रहेका उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का र पुनबिच छलफल भएको हो ।

साँझ ५ बजेसम्म दुवै पक्षले औपचारिक वार्ता टोली बनाउने र आन्दोलनको माग पूरा गर्न सहमति खोज्ने समझदारी भएको छ । आज वार्ता टोली बनाएर भोलिसम्म आफ्ना माग पूरा गर्ने समझदारी भएको पुनले जानकार दिएका हुन् । उनले भने, ‘आज बेलुकी ५ बजेभित्रमा एउटा टोली गठन गर्ने, टोली गठन गरेर सकभर रातारात भयो भने आज नभए भोलि माग पूरा गर्ने भन्ने निर्णय भएको छ ।’

उनले छलफल सकारात्मक भएको समेत बताए । वार्ताकै क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई पटक फोन गरेको सुनाए । आविष्कार र नवप्रवर्तनका लागि बजेटको एक प्रतिशत बजेट विनियोजन गर्नु पर्ने लगायतका ४ बुँदे माग राख्दै महावीर पुनले शुक्रवारदेखि माइतीघरमा आन्दोलन गरिरहेका छन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.