‘राजतन्त्र दलाल, स्वार्थी कि मुर्खले मान्छन्’ : अध्यक्ष ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र स्वार्थी, फटाहा र मुर्खले मान्ने टिप्पणी गरेका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित अखिल नेपाल किसान संघको कार्यक्रममा उनले दलाल र बुद्धि नभएकाहरुले आफ्नो समयअनुकूल जति समयको लागि पनि प्रयोग गर्न सकिने बताएका हुन् ।
उनले भने, ‘राजतन्त्र कि स्वार्थी, फटाहाले मान्छ कि मुर्खले मान्छ । कोही कोही अज्ञानीले पनि मान्छ । एकथरी अज्ञानी हुन्छन् केही पनि बुझ्दैनन् त्यही भएर मान्छन् । अर्कोथरी स्वार्थ साधना गर्नका लागि मान्छन् । दलाल र बुद्धि नभएकाहरुले मान्छन् जन्मिदै यस्तो हुनुपर्छ भनेर । स्वार्थी तत्व त बिकाउ मालहरूले मान्छन् । तीनीहरूको केही पनि छैन । थोरैमा एक दिनका लागि एकछिनका लागि एक हप्ता दश दिन जतिका लागि पनि किन्न सक्छ मान्छेले अपराधीकरणका लागि त्यस्ता तत्वले मान्छन् ।’
अध्यक्ष ओलीले आफूमाथिको आक्रमणमा पूर्वराजा ज्ञानेन्द्र शाहका परिवार र सत्तारूढ दलका कार्यकर्ताको संलग्नता रहेको दाबी गरेका छन् । उनले आफू झापा, इलाम, तेह्रथुम र पाँचथरका कार्यक्रममा जाँदा भएको ढुंगामुढामा उनीहरूको संलग्नता रहेको जिकिर गरेका हुन् । आफ्नाविरुद्ध हरेक ठाउँमा रुख ढाल्ने, ढुंगा हानेर बाटो छेक्ने उदण्डता प्रस्तुत गरिएको आरोप उनले लगाए । घटनाप्रति सरकार मूकदर्शक बनेको उनको भनाइ छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...