‘महाकाली करिडोरको ट्रयाक खुलाउने कार्यले गति पाउने छ’ : रमेश लेखक
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक एवं पुर्वमन्त्री रमेश लेखकले महाकाली करिडोरको ट्रयाक खुलाउने कार्यले अब गति पाउने बताएका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित सांसद समेत रहेका कांग्रेस नेता लेखकले विगतमा सरकारको उदासिनताका कारण निर्माणमा ढिलाई भएको बताउँदै अब डेढ बर्षभित्र करिडोरको ट्रयाक खुलिसक्ने दाबी गरेका छन् ।
करिडोरको शुन्य बिन्दु कञ्चनपुरको ब्रह्मदेव क्षेत्रको खल्ला मसेट्टीमा आइतबार स्थलगत अनुगमन गर्ने क्रममा उहाँले रुख कटान अनुमतीकै कारण योजनाको काम विगतमा प्रभावित रहेको बताए । उनले भने, ‘अहिलेको सरकारले कञ्चनपुरदेखि दार्चुलासम्ममै करिडोरको ट्रयाक खुलाउन रुख कटान लगगायत अरु कामको अनुमती दिइसकेको छ ।” अब कञ्चनपुरबाट आउँदो दशैमा डडेल्धुराको जोगबुढा क्षेत्रमा यही ट्रयाकबाट पुग्ने छौं ।’
करिडोरको शुन्य बिन्दुदेखि १५ किलोमिटर ट्रयाक खुलाउने काम ठेक्का सम्झौता भएको डेढ बर्षबितिसक्दा पनि रुख कटानको अनुमती नहुँदा अलपत्र थियो । नेता लेखककै पहलमा रुख कटान अनुमती लगायत यहाँका ठुला विकास निर्माण आयोजनाको विषयमा प्रधानमन्त्री पुष्पकल दाहाल समक्ष्य आग्रह भएको थियो । करिडोरको ट्रयाक खुले लगत्तै सडक कालोपत्रे गर्ने चरणमा जाने बताए ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...