आचार्यको स्मारकको पुनः निर्माणका लागि शिलान्यास गरेकोविरूद्ध मेयर मनोजकुमार साहकोको पुत्ला दहन
जनकपुरधाम । संयुक्त युवा विद्यार्थी मोर्चाले जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहको पुत्ला दहन गरेको छ । जनकपुरधामको भानु चोकमा आदिकवि भानुभक्त आचार्यको स्मारकको पुनः निर्माणका लागि शिलान्यास गरेको भन्दै मोर्चामा आबद्ध विद्यार्थी नेताहरूले नगरप्रमुख साहको तस्बिर जलाएका हुन् ।
मधेस आन्दोलनका प्रथम सहिद महतोको नाममा स्मारक बनाउनुपर्ने भन्दै उनीहरूले विरोधस्वरुप नगरप्रमुखको तस्बिर जलाएका छन् । उनीहरूले त्यहाँ सहिद रमेश महतोको सालिक निर्माण हुनुपर्ने माग गरेका छन् । लोकतान्त्रिक युवा सङ्घ धनुषाका अध्यक्ष प्रशान्त झाले आफूहरूलाई भानुभक्त आचार्यसँग कुनै द्वेष भाव नरहेको बताए ।
उनले भने, ‘भानुभक्तप्रतिको हाम्रो सम्मान पहिला पनि थियो र सदैव रहिरहने छ । तर, मधेस आन्दोलनको क्रममा सहिद रमेश महतो नामकरण गरिएको चौकमा पुनः भानुभक्त आचार्यको स्मारक राख्नु मधेस आन्दोलन तथा सहिदप्रतिको सम्मानमा प्रहार भएकोले हामीले विरोध गरेका हौँ ।’
उनले नगरप्रमुख साहले वार्तामार्फत यस समस्याको समाधान गर्ने बताए पनि वार्ताको वातावरण अझै नबनाएको आरोप लगाए ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...