डोल्पामा प्रहरी बाटै कुटिए प्रहरी हवलदार, आँखामा गम्भीर चोट

स्टार संवाददाता
स्टार संवाददाता

डोल्पा । प्रहरी बाटै प्रहरी कुटिए भनिएको सुन्दा अचम्म लाग्ला तर शनिवार डोल्पामा यस्तै घटना भएको छ ।  जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी निरीक्षक नवीन चापागाईँले डोल्पा कारागारमा कार्यरत हवलदार हरि आरसीलाई निर्घात कुटेका छन् । शनिवारको दिन बिदामा रहेका हवलदार आरसीलाई इन्स्पेक्टर चापागाईँले आफ्नो कार्यकक्षमा बोलाएर एक्कासि कुटपिट गरेका हुन् ।

इन्स्पेक्टरको कुटाइबाट सल्यानको शिद्धकुमाख गाउँपालिका ३ स्थायी घर भएका ३७ वर्षीय आरसीको बायाँ आँखा, नाक र मुखमा गहिरो चोट लागेको छ । जिल्ला अस्पताल डोल्पामा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई बाँकेको नेपालगन्ज ल्याइएको छ । बिदाका दिन आफूले साथीहरूसँग मिलेर मादक पदार्थ सेवन गरेको भए पनि कुनै गल्ती नगरेको घाइते हवलदार बताउँछन् । उनी भन्छन् ‘म साथीहरूसँग बसिरहेका बेला इन्स्पेक्टरसाथले बोलाउनुभएको छ भनेर असईले भन्नुभयो । म प्रहरी कार्यालय गएँ । एकाएक इन्स्पेक्टरसाथले कुट्नुभयो । मैले माफी मागेँ तर पनि उहाँले कुटिरहनु भयो ।

प्रहरी हवलदार बिदामा थिए । उनले साथीभाइ सँग रमाइलो गरे पनि प्रहरी सङ्गठनमा आँच आउने कुनै व्यवहार गरेको देखिँदैन । यदि मादक पदार्थ सेवन गरेर होहल्ला गर्दै गलत कार्य गरेकै भए पनि उनलाई सांगठानिक कारबाही गरिनुपर्थ्यो । तर त्यसो गरिएन । इन्स्पेक्टरले पदको तुजुक देखाइँदै हबलदार माथि हातपात गरे ।

यो घटनाबारे बुझ्न खोज्दा प्रहरी निरीक्षक चापागाईँको मोबाइल स्विच अफ गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङले भने घटनाबारे अनुसन्धान भइरहेको बताएको छ । तर यसरी कुनै पनि प्रहरी होस् अन्य कुनै कर्मचारीले गलत नै गरेको रहेछ भने पनि कुटपिट गर्न पाइँदैन, सजाय दिने विधि र प्रक्रिया हुन्छ । तसर्थ घटनाबारे विस्तृत अनुसन्धान गरी दोषीलाई विभागीय कारबाही हुनुपर्ने पीडितको भनाइ छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.