‘लडाकुलाई रकम दिने निर्णय मेरो होइन, विष्णु पौडेल अर्थमन्त्री हुँदाको हो’

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अयोग्य लडाकुहरूलाई २ लाख दिने निर्णय २०७१ सालमा कांग्रेस नेतृत्वको सरकारले गरेको बताएका छन् । सोमबार बिहान चितवन पुगेका प्रधानमन्त्री प्रचण्डले कांग्रेस र एमालेकै पहलमा अयोग्य लडाकुलाई पैसा दिने निर्णय भएको बताएका हुन् ।
उनले भने, ‘लडाकुलाई २ लाख दिने निर्णय २०७१ सालमा त्यतिबेलाको कांग्रेस नेतृत्वको सरकारले गरेको हो । कांग्रेस र एमालेको नेतृत्व भएको बेलामा टुंगिएको हो । विष्णु पौडेल अर्थमन्त्री भएको बेलामा निर्णय भएको हो । मैले मेरो निर्णयले पैसा दिन लागेको होइन ।’
०७१ सालको निर्णयलाई कार्यान्वयन गर्न खोज्दा दुई लाखले अर्थतन्त्र संकटमा पर्छ भनेर प्रचार गरिएको उनको भनाइ छ । अयोग्य भनिएका ४८ सय लडाकुलाई किस्ताबन्दीमा रकम दिने उनले बताए ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...