‘देशको परिवर्तनका लागि त्याग र बलिदान गर्नेहरुविरुद्ध षडयन्त्र भइरहेको छ’ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परिर्वतनका उपलब्धीहरुलाई नकारात्मक रुपमा प्रचार गर्ने काम भइरहेको बताएका छन् । सोमबार अखिल नेपाल ट्रेड युनियनको महाधिवेशनलाई सम्बोधन गर्दै सरकारले गरेका राम्रा कामको प्रहार भइरहेको बताएका हुन् ।
उनले भने, ‘हामीले गर्न खोजेका प्रत्येक सकारात्मक पहल र निर्णयका विरुद्ध प्रहार भइरहेको छ । तपाईँहरूले हेरिराख्नुभएको छ । चाहे हिजो क्रान्तिमा लागेका महान् सहिदहरूलाई सहिदको रूपमा सम्मान गरिनुपर्छ । राष्ट्र र परिवर्तनका लागि लडेका र प्राण उत्सर्ग गरेका सबै सहिद हुनुपर्छ भन्दा प्रहार भयो । हिजो युद्धमा त्याग र बलिदान गरेका सबै योद्धाहरूलाई सम्मानित गर्नुपर्छ । त्यसमाथि पनि मैले प्रधानमन्त्रीका रूपमा आविष्कारबाट गरेको निर्णय होइन । अयोग्य लडाकुलाई २ लाख दिने निर्णय हिजो अर्कै सरकारले गरेको परिस्थितिमा र देशको सर्वोच्च अदालतले ती बहिर्गमितलाई दुई लाख दिनु भनेर फैसला गरेपछि मैले त्यही फैसला कार्यान्वयन गर्दा अहिले कस्तो स्याल हुइया मच्चाउन खोजिएको छ ।’
अदालतको आदेश कार्यान्वयन गर्दा समेत स्याल हुइया मच्चाइएर परिवर्तनका लागि त्याग र बलिदान गर्नेहरुविरुद्ध षडयन्त्र भइरहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । स्याल हुइया सहन नसकिने भन्दै मुलुकका लागि त्याग र बलिदान गर्नेहरूको सम्मान गर्नबाट पछि नहट्ने समेत बताए । उनले अव माओवादी नजाग्ने र नगर्जिने हो भने नकारात्मक वातावरण बनाएर सम्पूर्ण सहिदका त्याग र बलिदानलाई उल्ट्याउने षड्यन्त्र हुनसक्ने बताए ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...