यूएईलाई ७ विकेटले हराउँदै नेपाल एसिया कपमा छनोट


काठमाडौं । एसीसी प्रिमियर लिगको फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै नेपाल दोस्रोपटक एसिया कपका लागि छनोट भएको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा नेपालले यस वर्ष हुने एसिया कप क्रिकेटमा यूएईलाई ७ विकेटले हराउँदै आफ्नो स्थान सुरक्षित गरेको हो ।
पहिलो ब्याटिङ गरेको यूएईले नेपाल सामु ११८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले उक्त लक्ष्य ३० ओभर ३ बलमा ३ विकेटको क्षतिमा पूरा गरेको हो । खेलमा गुल्सन झाले ६७ रनको योगदान दिए भने भीम सार्कीले ३६ रनको योगदान दिए ।
नेपालका लागि गुल्शन झा र भिम सार्कीले उत्कृष्ट साझेदारी गरे । २२ रनमै तेस्रो विकेट गुमाएको अवस्थाबाट उकास्दै उनीहरुले नेपाललाई जितसम्म पुर्याएका हुन् । गुल्शनले यूएईविरुद्ध दोस्रो अर्धसतक बनाएका छन् ।
भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदै
काठमाडौं । भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ । तीन खेलको शृङ्खला अन्तर्गत दोस्रो एकदिवसीय खेल...
बार्सिलोनासँग रियल २-१ ले पराजित
काठमाडौं । बार्सिलोनाले प्रि-सिजन मैत्रीपूर्ण खेलमा चिरपरिचत प्रतिद्धन्द्धी रियल मड्रिडलाई पराजित गरेको छ । अमेरिकाको मेटालाइफ रंगशालामा आइतबार...
काभा महिला भलिबल : नेपाल र इरानबीच प्रतिस्पर्धा
काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगमा आज नेपाल र इरानबीच प्रतिस्पर्धा हुने भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय...
काभा भलिबल लिग : नेपालले भारतको सामना गर्दै
काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगमा शनिबार चिरपरिचित प्रतिद्वन्दीहरू नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय...
भारत र श्रीलंकाबीचको एक दिवसीय क्रिकेट आजदेखि
काठमाडौं । भारत र श्रीलंकाको एक दिवसीय सिरिज आज सुरुहुने भएको छ । सिरिजको पहिलो खेल आज दिउँसो २:४५...
काभा महिला भलिबल लिग : नेपालसँग श्रीलंका पराजित
काठमाडौं । आज शुरु भएको काभा महिला भलिबल नेसन्स लिग प्रतियोगितामा नेपालसँग श्रीलंका पराजित भएकाे छ । त्रिपुरेश्वरस्थित...