राप्ती राजमार्ग ८ दिनका लागि दैनिक १० घण्टा बन्द !

स्टार संवाददाता
स्टार संवाददाता

सल्यान । राप्ती राजमार्गअन्तर्गत बाङ्गेलाखुरी–सिमखोली सडक बुधबारदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । गाडी सञ्चालनमा आउँदा सडक स्तोरन्नतिको काममा अवरोध सिर्जना भएपछि दैनिक १० घण्टा सडक बन्द गरेको हो ।

जिल्ला प्रशासन कार्यालय सल्यानले सूचना प्रकाशन गरेर बुधबार वैशाख २० देखि २७ गतेसम्म आठ दिनका लागि उक्त सडक खण्ड बन्द गरिएको जनाएको छ । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र राति ८ बजेदेखि बिहान २ बजेसम्म सडक पूर्ण रुपमा बन्द हुने भएको हो । तीन किलोमिटर क्षेत्रमा पर्ने ओरालो सडक खण्डमा कटिङ, ग्याबिन पर्खाल लगाउनुपर्ने भएकाले सवारी साधन सञ्चालनमा आउँदा दुर्घटनाको जोखिम हुने भएकाले सडक डिभिजन कार्यालय दाङको आग्रह तथा समन्वयमा सूचना प्रकाशन गरेर सडक पूर्ण रुपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी खरेलले जानकारी दिए ।

राप्ती राजमार्गअन्तर्गत बाङ्गेलाखुरी–सिमखोली सडकको स्तरोन्नति गर्ने अवधि यहि असारसम्म मात्र रहेको र गाडी नियमित चल्दा कामले गति लिन नसकेकै कारण सडक १० घण्टा बन्द गर्नुपरेको सडक डिभिजन कार्यालय दाङका प्रमुख गुरूप्रसाद अधिकारीले बताए ।

नागरिक उन्मुक्ति पार्टीले फिर्ता बोलायो सुदूरपश्चिमका आफ्ना दुई मन्त्री

कैलाली । नागरिक उन्मुक्ति पार्टी नाउपाले आफ्ना दुई मन्त्रीलाई सुदूरपश्चिम प्रदेश सरकारबाट फिर्ता बोलाएको छ । सुदूरपश्चिममा नाउपाका कैलाश...

लुम्बिनीका ४ जिल्लामा सोमबार सार्वजनिक बिदा

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले छठ पर्व समापनको अवसरमा चार जिल्लामा सोमबारका लागि सार्वजनिक बिदा दिने भएको छ ।...

जुम्लाको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलासिस सुरु भएपछि स्थानीय खुसी

काठमाडौं । जुम्लाको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलासिस सुरु भएपछि स्थानीय खुसी भएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले...

कोशी सरकारविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौं । कोशी सरकारविरुद्ध परेको रिटको सुनुवाइ आजदेखि नियमित शुरु हुने भएको छ । प्रदेश सरकारको विश्वासको मत विरुद्ध...

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं ।  कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।   कर्णाली प्रदेशको स्थापना दिवस , शहीद दिवस तथा...

कर्णाली प्रदेश सरकारले भदौ ४ गते सार्वजनिक बिदा दिने

काठमाडौं  ।  कर्णाली प्रदेश सरकारले भदौ ४ गते सार्वजनिक बिदा दिने भएको छ । कर्णाली प्रदेशको स्थापना दिवस ,...

.