चितवन कांग्रेसका नेता एवं पोल्ट्री व्यवसायी शंकर कँडेल मृत फेला

स्टार संवाददाता
स्टार संवाददाता

चितवन । चितवनका पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेता शंकर कँडेल मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार साँझ भरतपुर महानगरपालिका ३ बेलचोकस्थित आफ्नै घरमा रहेको कार्यालयको कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

उनी नेपाली काँग्रेस चितवनका पूर्व कोषाध्यक्ष र वर्तमान महासमिति सदस्य हुन् । कडेल चितवनका सफल पोल्ट्री व्यवसायीको रुपमा समेत परिचित थिए । उनले अनमोल फिड्स उद्योग संचालन गरिरहेको थिए । कँडेल झुण्डिएको कोठामा सुसाइड नोटसमेत भेटिएको चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिएका छन ।

कँडेल साँझतिर झुण्डिएको हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरी टोलीले घटनास्थलको मुचल्का गरेर शव पोष्टमार्टमका लागि पठाएको छ । पछिल्लो समय चितवनको पोल्ट्री क्षेत्रमा संकट आएसँगै उनले अनमोल फिड्स बेचेका थिए । ह्याचरी र कुखुरा फार्म सञ्चालन गरेका कँडेल सामाजिक व्यक्तित्वका रुपमा समेत जिल्लामा परिचित छन् ।

उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष तथा पोल्ट्री विज्ञ डा। तिलचन्द्र भट्टराईले कँडेलको निधनले नेपालको पोल्ट्री व्यावसायमा ठूलो क्षति भएको बताएका छन । अहिले घटनास्थलमा प्रहरी टोली पुगेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.