क्रिकेट खेलाडी र प्रशिक्षकलाई ६ लाख पुरस्कार दिने सरकारको निर्णय

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । सरकारले एसीसी प्रिमियर कप राष्ट्रिय क्रिकेट टिमका सदस्य र प्रशिक्षकलाई जनही ६ लाख दिने निर्णय गरेको छ । क्रिकेट खेलाडीले देशको मान बढाएको र त्यसको विकास भइरहेकाले सरकारले उनीहरूलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

त्यस्तै क्रिकेट टोलीका अफिसियललाई भने जनही ३ लाख रुपैयाँका दरले दिने निर्णय गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालेले बताएकी छन् । त्यस्तै, कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आगामी बजेटमा प्राथमिकता दिने निर्णय गरिएको छ ।

मंगलबार कीर्तिपुरमा भएको अन्तिम खेलमा नेपालले यूएईलाई ७ विकेटले हराउँदै उपाधि उचालेको थियो । यस्तै, सरकारले त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्‍ट्रियस्तरको बनाउनका लागि आवश्यक रकम आगामी आर्थिक वर्षको बजेटमा छुट्याउने निर्णय गरेको छ ।

भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदै

काठमाडौं । भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ ।   तीन खेलको शृङ्खला अन्तर्गत दोस्रो एकदिवसीय खेल...

बार्सिलोनासँग रियल २-१ ले पराजित

काठमाडौं । बार्सिलोनाले प्रि-सिजन मैत्रीपूर्ण खेलमा चिरपरिचत प्रतिद्धन्द्धी रियल मड्रिडलाई पराजित गरेको छ ।   अमेरिकाको मेटालाइफ रंगशालामा आइतबार...

काभा महिला भलिबल : नेपाल र इरानबीच प्रतिस्पर्धा

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगमा आज नेपाल र इरानबीच प्रतिस्पर्धा हुने भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय...

काभा भलिबल लिग : नेपालले भारतको सामना गर्दै

काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगमा शनिबार चिरपरिचित प्रतिद्वन्दीहरू नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।   त्रिपुरेश्वरस्थित राष्ट्रिय...

भारत र श्रीलंकाबीचको एक दिवसीय क्रिकेट आजदेखि

काठमाडौं । भारत र श्रीलंकाको एक दिवसीय सिरिज आज सुरुहुने भएको छ । सिरिजको पहिलो खेल आज दिउँसो २:४५...

काभा महिला भलिबल लिग : नेपालसँग श्रीलंका पराजित

काठमाडौं । आज शुरु भएको काभा महिला भलिबल नेसन्स लिग प्रतियोगितामा नेपालसँग श्रीलंका पराजित भएकाे छ ।   त्रिपुरेश्वरस्थित...

.