निर्दोष कसैलाई फसाउनु हुँदैन, अपराधीले उन्मुक्ति पाउनु हुँदैन : सूर्य थापा
काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने धन्दावाल जो कोहीमाथि स-प्रमाण कारबाही हुनुपर्ने बताएका छन् । बिहिबार सामाजिक सञ्जाल फेसबुक मार्फत एक स्ट्याटस लेख्दै नेता थापाले भुटानी शरणार्थी बन्न तयार भएर रकम बुझाउने नेपाली नागरिकमाथि पनि कारबाही हुनुपर्ने बताएका हुन् ।
थापाले नेपाली भइकन नक्कली भुटानी शरणार्थी बन्न तयार भई रकम संकलन गर्ने र बुझाउनेहरू पीडित कदापि नभएको जिकिर गरे । गैर कानुनी काम गर्ने, गराउने र संलग्न हुने सबै अपराधीहरू रहेको भन्दै उनले यसमा निर्दोष कसैलाई फसाउनु हुँदैन र कोही पनि अपराधीले उन्मुक्ति पाउन नहुने बताएका ।
नेपाली नागरिकलाई मोटो रकम लिएर भुटानी शरणार्थीको सूचीमा समावेश गरेर अमेरिका पठाउने गिरोहमा संलग्नताको आशङ्कामा प्रहरीले गृह मन्त्रालयको प्रशासनिक र राजनीतिक नेतृत्वको सहयोगी पक्राउ गरिरहेका बेला एमाले नेता थापाले यस्तो अभिव्यक्ति दिएका हुन् ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...