‘टोपबहादुर रायमाझी बाटोमा हिँड्दा हिँड्दै समाउनुपर्ने मान्छे होइन’

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका सचिव टोपबहादुर रायमाझी बाटोमा हिँड्दा हिँड्दै समाउनुपर्ने खालको व्यक्ति नभएको बताएका छन् । सिंहदरबारमा प्रधानमन्त्रीसँगको भेटपछि बाहिरिने क्रममा ओलीले नक्कली शरणार्थी प्रकरणमा तानिएको हो कि तनाएको भन्ने विषयमा अध्ययन गरिरहेको प्रतिक्रिया दिएका दिएका हुन् ।

उनले भने, ‘एउटा सांसद, पटक पटक मन्त्री भइसकेको, उपप्रधानमन्त्री भइसकेको व्यक्ति, षड्यन्त्रपूर्वक ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने खालको रहस्यपूर्ण छ ।’ ओलीले आफूहरू दोषी उम्काउने पक्षमा नरहेको बताएका छन् । निर्दोष पर्नुहुँदैन, दोषी उम्किनु हुँदैन । दोषी उम्काउने हाम्रो प्रयास हुँदैन ।’ ओलीले भने, ‘निर्दोष फसाउन खोजियो भने हामी सहँदैनौँ । ‘तानिएको हो कि तनाएको हो भनेर अध्ययन गर्दैछौं । अध्ययन गरेपछि हामी बोल्छौं ।’

ओलीले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाएको घटनामा निर्दोष पर्न नहुने र दोषीलाई उम्काउन नहुने बताएका छन् । ओलीले पक्राउ पुर्जी जारी भएपछि आफूले रायमाझीसँग कुरा गरेर जानकारी लिएको बताएका छन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

सुदूरपश्चिममा आज नयाँ सरकार गठन हुँदै

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ ।   प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठन गर्न...

कर्णालीका चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिँदै

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले आज पद तथा गोपनीयताको सपथ लिने भएका छन् । मन्त्रीहरूले को...

आज एमालेका मनोनित केन्द्रीय सदस्यको शपथग्रहण

काठमाडौं । आज नेकपा एमालेका मनोनीत उपाध्यक्ष, स्थायी कमिटी तथा केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम रहेको छ ।   पार्टी...

.