‘ढिलो न्याय पाउने प्रवृत्तिलाई अन्त्य गर्छु’ : कानून मन्त्री


काठमाडौं । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले चुस्त र दुरुस्त ढंगबाट सबैलाई कानून बराबर गर्ने विषय आफुले प्राथमिकता दिने बताएका छन् ।
बिहीबार सिंहदरबारमा पदबहाली गर्दै मन्त्री गुरुङले कानूनभन्दा माथि कोही पनि नहुने भन्दै कानूनबमोजिम सबै अघि बढ्नुपर्ने बताएका हुन् । उनले भने, न्याय ढिलो हुने गरेको भन्ने छ, त्यसको अन्त्यका लागि मैले काम गर्छु । स्वतन्त्र न्यायपालिका लोकतन्त्रको मेरुदण्ड भएको भन्दै उनले आफू स्वतन्त्र न्यायलयप्रति प्रतिबद्ध रहेको पनि बताएका छन् । ढिलो न्याय पाउने प्रवृत्तिलाई अन्त्य गर्ने प्रतिबद्धता जनाएका हुन् ।
जुनसुकै ठाउँमा हुने भ्रष्टाचारका सन्दर्भमा कसैलाई पनि छुट नहुने उनले प्रष्ट्याए । स्वतन्त्र न्यायपालिका लोकतन्त्रको मेरुदण्ड भएकाले यसलाई निष्पक्ष भूमिका खेल्ने उनको भनाई थियो । हिजो बुधबार मन्त्री नियुक्त भएका गुरुङले बिहीबार शपथ लिए लगत्तै मन्त्रालयमा गएर पदभार ग्रहण गरेका हुन् ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
सुदूरपश्चिममा आज नयाँ सरकार गठन हुँदै
काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठन गर्न...
कर्णालीका चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिँदै
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले आज पद तथा गोपनीयताको सपथ लिने भएका छन् । मन्त्रीहरूले को...
आज एमालेका मनोनित केन्द्रीय सदस्यको शपथग्रहण
काठमाडौं । आज नेकपा एमालेका मनोनीत उपाध्यक्ष, स्थायी कमिटी तथा केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम रहेको छ । पार्टी...