लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन, ३ वर्षसम्म मौका परीक्षा दिन पाइने

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । सरकारले कक्षा १२ को नियमित तथा ग्रेडवृद्धि परीक्षामा तोकिएको सम्बन्धित विषयमा ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीले ३ वर्षसम्म वार्षिक परिक्षा दिन पाउने व्यवस्था ल्याएको छ ।

बिहीबार मन्त्रिस्तरीय निर्णयबाट जुन जुन विषयमा ग्रेड प्राप्त गर्न नसकेको सोही विषयमा मात्र ३ वर्षसम्म ग्रेडवृद्धि परीक्षा दिन पाउने गरी ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ संशोधन गरेको हो । यसअघि दुई विषयभन्दा बढीमा ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीहरूले सोही कक्षामा अर्को वर्ष पनि सम्पूर्ण विषयहरूको परीक्षा दिनुपर्ने बाध्यता थियो ।

विद्यालय तहका विद्यार्थीहरूलाई राहत हुने गरी लेटर ग्रेडिङ निर्देशिका संशोधन गरिएको शिक्षामन्त्री अशोक राई बताउँछन् । उनले एकपटक तोकिएको न्यूनतम ग्रेड प्राप्त गरेपछि सोही विषयमा दोहोर्‍याएर परीक्षा दिन उपयुक्त नहुने भएकाले पनि यो निर्देशिका संशोधन गरिएको बताएका हुन् ।

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । बोर्डले केहिबेर अघि नतिजा सार्वजनिक गरेको हो ।  ...

कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।   नतिजा प्रकाशनको लागि...

एसइई मौका परीक्षाको तयारी पूरा

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक परीक्षा (ग्रेडवृद्धि) का लागि देशभर ५ सय ५० परीक्षा केन्द्र तोकिएका...

लोकसेवाले फेर्‍यो पाठ्यक्रम

काठमाडौं । लोकसेवा आयोगले लिने लिखित परीक्षाको पाठ्यक्रम फेरेकाे छ । आयोगले अबदेखि शाखा अधिकृत, नायब सुब्बा र खरिदार...

शिक्षक सेवा आयोगको विज्ञापन पुसमा खुल्ने

काठमाडौं । शिक्षक सेवा आयोगले आर्थिक वर्ष २०८१(०८२ को शिक्षक पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।   वार्षिक...

दुवै शैक्षिक सत्रमा पाठ्यपुस्तक नपाएको समाचार कतै पढ्न परेन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्ला दुवै शैक्षिक सत्रमा पाठ्यपुस्तक नपाएको समाचार कतै पढ्न नपरेको बताएका छन् ।  ...

.