बेलायतका राजा चार्ल्सको राज्याभिषेक आज
काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीयको आज राज्याभिषेक हुँदैछ। बेलायतको वेस्टमिनिस्टरमा आयोजना हुने विशेष समारोहमा उनको राज्याभिषेक हुन लागेको हो। राज्याभिषेक समारोह लण्डनको स्थानीय समयअनुसार बिहान ११ बजे सुरु हुनेछ।
बेलायतमा ७० वर्ष पछि हुन लागेको राज्याभिषेकमा संसारभरका एक सयभन्दा बढी देशका राष्ट्र प्रमुखहरु सहभागी हुने छन्। राज्याभिषेकका लागि लण्डनको मुख्य सहरको सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाइएको छ।
नेपालबाट परराष्ट्रमन्त्री एनपी साउद उक्त कार्यक्रममा सहभागी हुने छन्। राज्याभिषेक समारोह दुई घण्टा जति लामो हुनेछ । यस समारोहमा २३ सय विशेष अतिथिहरु प्रत्यक्ष सहभागी हुनेछन्। उक्त समारोहमा राजा चार्ल्स तृतीय र महारानी केमिलाको राज्याभिषेक गरिनेछ।
चीनले पहिलोपटक कार्बन उत्सर्जन कटौतीको लागि राष्ट्रिय कार्ययोजना सार्वजनिक गर्याे
काठमाडौं । चीनले पहिलोपटक कार्बन उत्सर्जन कटौतीको लागि राष्ट्रिय कार्ययोजना सार्वजनिक गरेको छ । चीनको राज्य परिषदले कार्बन उत्सर्जनको...
ह्यारिस डेमोक्र्याटिक पार्टीबाट औपचारिक रूपमा राष्ट्रपतिको उम्मेदवार चयन
काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस औपचारिक रुपमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनेकी छन् । उनले पार्टीका प्रतिनिधिबाट...
टर्कीमा इन्स्टाग्राममाथि प्रतिबन्ध
काठमाडौं । टर्कीले सामाजिक सञ्जाल प्लाटफर्म इन्स्टाग्राममाथि प्रतिबन्ध लगाएको छ । टर्कीको दूरसञ्चार प्राधिकरणले इन्स्टाग्रामाथि रोक लगाएको रोयटर्सले जनाएको...
भारत र श्रीलंकाबीचको एक दिवसीय क्रिकेट आजदेखि
काठमाडौं । भारत र श्रीलंकाको एक दिवसीय सिरिज आज सुरुहुने भएको छ । सिरिजको पहिलो खेल आज दिउँसो २:४५...
भारी वर्षाले मध्य चीनमा ३० जनाको मृत्यु, ३५ बेपत्ता
काठमाडौं । भारी वर्षाले मध्य चीनमा ३० जनाको मृत्यु भएको छ । ३५ जना बेपत्ता भएका छन् । एक...
हमासका सैन्य प्रमुखकाे इजरायली आक्रमणमा ज्यान गएको पुष्टि
काठमाडौं । मासका सैन्य प्रमुख मोहम्मद जेइफको गएको जुलाई १३ तारिखमा इजरायली आक्रमणमा ज्यान गएको पुष्टि भएको छ ।...