बाह्य क्षेत्रमा सुधार भए पनि आन्तरिक उद्योग व्यवसायको क्षेत्र शिथिल छ : अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्र सुधारका लागि सरकारबाट भएका प्रयासमात्र पर्याप्त नभएको भन्दै निजी क्षेत्रको साथ आवश्यक रहेको बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसङ्घ, नेपाल सिबिफिनद्धारा काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्ने क्रममा अर्थमन्त्री महतले विसं २०४६ को परिवर्तन पछि उदार अर्थनीति अवलम्बन हुँदा निजी क्षेत्रको सहभागितामा बैंक वित्तीय संस्थाको व्यापक विस्तार भएको बताएका हुन् ।
अर्थतन्त्रमा अहिले देखिएका समस्या समाधानका लागि वित्त नीतिबाट भन्दा मौद्रिक नीतिको व्यवस्थापनबाट सम्भव हुने बताएका छन् । वित्त नीति चलाउनका लागि सरकारसँग धेरै विकल्प नरहेकाले मौद्रिक नीतिबाट समस्या समाधानका लागि पहल थालिने अर्थमन्त्री डा.महतको भनाई छ । त्यस्तै, उनले समन्वयात्मक र साझा लक्ष्य प्राप्तिका लागि काम गर्नुपर्ने बेला भएको उल्लेख गरेका छन् । हाल सरकारले विनियोजन गरेको विकास बजेट खर्चको प्रभावकारिता देखिन नसकेको अर्थमन्त्रीले स्वीकार गरेका छन् ।
‘अहिले अर्थतन्त्रमा केही समस्या र शिथिलता देखिएको छ । बाह्य क्षेत्रमा सुधार भए पनि आन्तरिक उद्योग व्यवसायको क्षेत्र शिथिल भएको छ । मूल्यवृद्धि नियन्त्रणको सीमाभित्रै छ तर त्यहाँ पनि समस्या छ ।’, अर्थमन्त्री महतले भने, ‘ब्याजदरको दबाबले उद्योग व्यवसायको क्षेत्रमा समस्या देखिएको छ । राजस्वको अवस्था सन्तोषजनक मान्न सकिँदैन । लक्ष्यभन्दा निकै कम छ । यी सूचक हेर्दा अर्थतन्त्र समस्यामा नै रहेको मान्न सकिन्छ ।’
सुनचाँदीको मूल्य कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार १ लाख ४९ हजार ९ सय रुपैँयामा कारोबार भएको छापावाला...
आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...
सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाकाे १ लाख ४९ हजार ९ सय
काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबार १ लाख ४९ हजार ४ सय रुपैँयामा कारोबार भएको छापावाला...
आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...
नेप्से परिसूचक ५.२९ अंकले घट्यो
काठमाडौं । आज शेयर बजारमा सामान्य करेन्सन देखिएको छ । एक समय २८०५ अंकसम्म पुगेको बजार अन्ततः बजार ५.२९...
सुनको मूल्यमा नयाँ रेकर्ड : तोलामा १ लाख ४९ हजार ४ सय
काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ । बुधबार १ लाख ४७ हजार ८ सय रुपैँयामा कारोबार भएको छापावाला...