प्रधानमन्त्री महिनाको एकपटक संसद्‌मा अनिवार्य सहभागी हुनुपर्ने

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्रीले महिनाको कम्तीमा एकपटक संसद्‌मा प्रश्नोत्तर कार्यक्रममा अनिवार्य सहभागी हुनुपर्ने व्यवस्था गर्न लागिएको छ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकमा महिनाको एक दिन पहिलो हप्ता प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीको सहभागिता अनिवार्य गर्न माग गरिएको थियो । प्रमुख सचेतक, नेकपा माओवादी केन्द्रबैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले आजको एकाई व्यवस्था परामर्श समितिको बैठकमा महिनाको एक पटक प्रधानमन्त्रीले संसदमा जवाफ दिने बारेमा  छलफल भएको बताएका छन् ।

उनले बैठकमा बजेट अधिवेशनलाई व्यवस्थित बनाउने बारेमा छलफल भएको बताएका हुन् । उनले भने, सदनलाई प्रभावकारी बनाउने कुरामा छलफल भयो, सांसदहरु हाजिर गरेर हिँड्ने प्रवृत्ति छ, यसलाई इ।हाजिरी गर्ने व्यवस्थाका बारेमा कुरा भएको छ । बजेट अधिवेशनको बारेमा पनि छलफल भएको छ । संसदलाई प्रभाकारी बनाउन अनिवार्य रुपमा महिनाको एक पटक प्रधानमन्त्रीले आएर सभामा जवाफ दिनुपर्ने कुरामा छलफल गरेका छौँ ।’

सांसद खतिवडाले सांसदहरु हाजिर गरेर हिँड्ने प्रवृत्ति हाबी भएकाले इलेक्ट्रिक हाजिरीको व्यवस्थाका बारेमा बैठकमा छलफल भएको बताए । संसदमा विद्युतीय हाजिरीको व्यवस्थाका बारेमा छलफल कार्य व्यवस्था परामर्श समितिमा बजेट अधिवेशनलाई व्यवस्थित बनाउनेबारेमा छलफल भएको छ ।आईतवार अपरान्ह ४ बजेबाट संघीय संसदका दुवै सदनको बैठक बस्दैछ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

सुदूरपश्चिममा आज नयाँ सरकार गठन हुँदै

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ ।   प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठन गर्न...

कर्णालीका चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिँदै

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले आज पद तथा गोपनीयताको सपथ लिने भएका छन् । मन्त्रीहरूले को...

आज एमालेका मनोनित केन्द्रीय सदस्यको शपथग्रहण

काठमाडौं । आज नेकपा एमालेका मनोनीत उपाध्यक्ष, स्थायी कमिटी तथा केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम रहेको छ ।   पार्टी...

.