कँडेल आत्महत्या प्रकरणमा रवि भन्छन् – राजनीतिको रंग नपोतियोस्

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले चितवनका व्यवसायी शंकर कँडेल आत्महत्या प्रकरणमा निरन्तर खबरदारी गरिरहेको बताएका छन् । आइतवार सामाजिक संजालमार्फत सभापति लामिछानेले घटनाको अनुसन्धानमा कुनै कमी नहोस् भनेर निरन्तर खबरदारी गरिरहेको बताएका हुन् ।

उनले भने, घटनामा राजनीतिको रंग नपोतियोस् भनेर सचेत छु । म सत्य,न्याय र पीडितको पक्षमा छु । प्रहरी प्रशासनलाई घटनाको अनुसन्धानमा कसैले प्रभावित नपारोस् भनेर घच्घच्याइरहेको छु । आर्थिक समस्यासँग लडिरहेको चितवनमा बन्द हड्ताल केही नहोस् भनेर संयम पुर्वक सबै घटनाक्रमलाई नजिक बाट नियाली रहेको छु । म जिम्मेवार जनप्रतिनिधिको भुमिका निरन्तर निर्वाह गरीरहेको छु । चितवनले एउटा असल मानिस गुमाएकोमा अत्यन्तै दुखी छु । परिवारलाई सहन सक्ने शक्ति मिलोस् भनी निरन्तर प्रार्थना गरिरहेको छु ।’

उनले आफू मृतकको परिवारसँग निरन्तर संवादमा रहको र प्रशासनसँग निरन्तर समन्वय गरिरहेको बताएका छन् । केही दिनअघि चितवनका व्यवसायी शंकर कँडेलले आत्महत्या गरेका थिए । आत्महत्याको सत्य-तथ्य छानबिन होस भनेर अहिले त्यहाँ विरोधका कार्यक्रमहरू भइरहेका छन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.