अर्थतन्त्र सुधारका लागि जनप्रतिनिधिले एक वर्षको सेवासुविधा लिनु हुँदैन : नेता महर
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले बजेट अधिवेशन सुरु भएसँगै आगामी बजेटले मुलुकको विकासका लागि दीर्घकालसम्म फाइँदा पुग्ने विषयमा गहन छलफल गर्नुपर्ने बताएका छन् । राजनीतिक संवाद केन्द्र काठमाडौंले आयोजना गरेको कार्यक्रममा धारणा राख्दै नेता महरले संसदमा शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता अति आवश्यक विषयमा छलफल बढी केन्द्रित हुनुपर्ने धारणा राखे ।
यसभन्दा पहिले सांसदले धेरै विधेयक ल्याउन सकेनन् । धेरै कानुन बनाउन सकेनन्। जसले गर्दा नेताहरूले विधेयक ल्याएनन् भनेर जनता दुस्खी हुनुपर्ने अवस्था छ । सरकारले पनि राम्रो उपस्थिति जनाउन नसकेको अवस्थालाई नकार्न मिल्दैन। त्यसैले अब सरकारदेखि सांसदहरूसम्मको राम्रो उपस्थिति हुनुपर्छ, उनले भने । सांसद र सरकार जनताप्रति उत्तरदायी बनेमात्रै मुलुकले विकासमा काचुली फेर्नसक्ने उनको धारणा छ । चालु बजेट अधिवेशनमा भ्रष्टाचार नियन्त्रणका लागि सांसदहरूले सशक्त भूमिका निर्वाह गर्दै नयाँ कानुन निर्माण गर्नुपर्ने उनको धारणा छ ।
भ्रष्ट्राचार नियन्त्रणका लागि बनाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिकामा पनि प्रश्नचिन्ह उठिरहेको बताउँदै नेता महरले यसलाई समयसान्दर्भिक बनाउन थप कानुन निर्माण गर्नुपर्ने भए पनि त्यसमा अग्रसर हुन सरकारलाई उनको सुझाव छ। भ्रष्टाचारलाई जरैदेखि उखेल्न सबै सरकारी संयन्त्र सक्रिय हुनुपर्छ। यसका लागि थप कानुन बनाउन आवश्यक भए त्यो पनि बनाऔं । साना हुन् वा ठूला भ्रष्टाचारी कोही पनि उम्किनु हुँदैन, उनले भने । नेपाली काँग्रेस पार्टी नेतृत्वको सरकारले भ्रष्टाचार अन्त गर्न अख्तियार दुरुपयोग अन्सनधान आयोयोगको स्थापना गरेको प्रसंग सुनाउदै महरले अहिलेको भुटानी सरणार्थीका नाममा भएको घटना बारेमा पनि गहन अनुसन्धान गरेर दोषिलाई कडाभन्दा कडा कडा कार्वाही हुनु पर्ने पक्षमा काँग्रेसको प्रष्ट अडानरहेको छ ।
यसका साथै अहिले मुलुकको अर्थतन्त्र समस्या ग्रस्त रहेकाले सबै जनप्रतिनिधिले एक वर्ष आफूले पाउँदै र लिँदै आएको सेवा सुविधा त्याग्न सक्नुपर्ने धारणा राखे । अहिले मुलुक आर्थिक रुपमा निकै अप्ठ्यारो अवस्थामा छ । त्यसैले समस्या ग्रस्त अर्थतन्त्रलाई लयमा ल्याउन वडा तहदेखि प्रधानमन्त्री हुँदै राष्ट्रपतिसम्मले आफूले पाउँदै आएको सेवासुविधा एक वर्षसम्म नलिने घोषणा गर्नुपर्छ। मुलुकको अर्थतन्त्र बलियो भएमात्र जनताको जीवनस्तर माथि उकास्न सकिन्छ, महर भन्छन् ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
सुदूरपश्चिममा आज नयाँ सरकार गठन हुँदै
काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठन गर्न...
कर्णालीका चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिँदै
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले आज पद तथा गोपनीयताको सपथ लिने भएका छन् । मन्त्रीहरूले को...
सुनचाँदीको मूल्य कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार १ लाख ४९ हजार ९ सय रुपैँयामा कारोबार भएको छापावाला...