भैरहवाबाट काठमाडौं उडेको जहाज बीचबाटै फर्कियो


काठमाडौं । भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको छ । उडान नम्बर एसएचए ८२२ नम्बरको ७२ सिट क्षमताको जहाज काठमाडौं आउँदा आउँदै भैरहवा नै फर्किएको हो ।
करिब २० मिनेट आकाशमा उडेपछि जहाजमा समस्या देखाएपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै भैरहवा विमानस्थलमै फर्किएर ल्याण्ड गरेको श्री एयरलाइन्सले जनाएको छ । उडानका क्रममा कहिलेकाहीँ प्राविधिक समस्या आउने हुँदा यसलाई सामान्य मान्नुपर्ने जनाइएको छ ।
नेपाल कमर्स क्याम्पसका प्राध्यापकको हत्यामा संलग्न आरोपी १७ वर्षपछि पक्राउ
काठमाडौं । काठमाडौंको मिनभवन स्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापकको हत्यामा संलग्न आरोपी रञ्जन खड्का १७ वर्षपछि पक्राउ परेका छन्...
‘संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्नुपर्छ’
काठमाडौं । काम चलाऊ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालले संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्न आवश्यक रहेको बताएका छन्...
प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते विश्वासको मत लिने भएका छन् । शुक्रबार संसद सचिवालयमा पत्र...
गणित, विज्ञान र अङ्ग्रेजी शिक्षकलाई विशेष व्यवस्था गर्न माग
काठमाडौं । प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले शिक्षाको सुधार गर्ने हो भने गणित, विज्ञान र अङ्ग्रेजी शिक्षकलाई विशेष व्यवस्था गर्नुपर्ने...
कर्णाली सरकारको खर्च ३३ प्रतिशत
काठमाडाैं । चालू आर्थिक वर्षका लागि ३३ अर्ब ४१ करोडको बजेट ल्याएको कर्णाली प्रदेश सरकारले ११ अर्ब ७ करोड...
विश्वकप छनोट : नेपाल र युएईबीच प्रतिस्पर्धा
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेल आज नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बिच प्रतिस्पर्धा हुने भएको...