भयावह बन्दै सप्तरीमा आत्महत्याका घटना,  झुन्डिएर एकै दिन दुई महिलासहित तीन जनाले गरे आत्महत्या

स्टार संवाददाता
स्टार संवाददाता

सप्तरी । सप्तरी जिल्लामा आत्महत्याका घटना तीव्र रूपमा बढी रहेका बेला आइतबार एकै दिन दुई महिला सहित तीन जनाले झुन्डिएर आत्महत्या गरेका छन् । आत्महत्याको प्रयास गर्ने अर्को एक जना गम्भीर अवस्थामा छन् । प्रहरीका अनुसार जिल्लाको हनुमान नगर कंकालिनी नगरपालिका १४ की २१ बर्सिया सोनी कुमारी साह, राजविराज नगरपालिका १ की १८ बर्सिया बेबी भन्ने देवी कुमारी यादव र राज गढ गाउँपालिका ५ का २५ वर्षीय विवेक साहले छुट्टाछुट्टै स्थानमा झुन्डिएर आत्महत्या गरेका छन् ।

यस्तै  आइतबार नै बिहान घरायसी विवादमा विषादी सेवन गरेकी राजविराज नगरपालिका ६ खर साल टोलकी ३५ बर्सिया तिलानी मण्डलको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  नाम नखुलेको विषादी सेवन गरेर गम्भीर अवस्थामा पुगेकी उनको उपचार जारी रहेको अस्पतालले जनाएको छ । मृतक तीनै जनाको शव अहिले परीक्षणका लागी गजेन्द्रनारायाण्ख सिंह अस्पतालमा पठाई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।

प्रहरीका अनुसार सोनी र बेबी भन्ने देवीले आफू बस्ने डेरा तथा घरमा र विवेकले होटेल कोठामा झुन्डिएर आत्महत्या गरेका हुन । तीनै जना बिहान क्रमशः डेरा, घर र होटेल कोठामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।  राज गढ गाउँपालिका घर भई राजविराज ७ मा इलेकट्रोनिक्स पसल सञ्चालन गर्दै आएका विवेकले ४० किलो मिटर टाढा सप्तकोसी नगरपालिका १ फत्तेपुर स्थित इन्द्रेणी होटेल एन्ड लजको कोठा नंं।१०४ मा झुन्डिएर आत्महत्या गरेको प्रहरीको भनाई छ ।

यस्तै हनुमान नगर कंकालिनी नगरपालिका घर भई हाल राजविराज नगरपालिका २ मा डेरा लिई बस्दै आएकी सोनी सोही डेरामा तथा राजविराज १ की बेबी आफ्नै निवास स्थलमा झुन्डिएर आत्महत्या गरेको प्रहरीको भनाई छ ।  यो सँगै चालु आथिर्क वर्ष २०७९÷०८० को  हाल सम्ममा जिल्लामा विष सेवन र झुन्डिएर ज्यान गुमाउनेको संख्या ८९ पुगेको छ । जिल्लामा गत आर्थिक वर्ष २०७८÷०७९ मा १ सय ३६ जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्कले देखाएको छ ।

आत्महत्याको दर बढ्ने क्रम जारी रहँदा स्थानीय समाज र प्रशासनले विभिन्न प्रयास थाले पनि न्यूनीकरण हुन भने सकेको छैन । प्रहरीले विगत ३ महिना यता आत्महत्या घटना न्यूनीकरणका लागी विभिन्न पालिकामा सचेतना अभियान नै चलाएको छ । तर पनि आत्महत्याका घटना दिनहुँ जसो हुन थालेपछि यो विषय सबैको लागी टाउको दुखाई बनेको छ ।  अहिले भइरहेका अधिकांश आत्महत्याका घटना आर्थिक समस्या देखी प्रेम सम्बन्ध, असफलता, बेरोजगारी लगायतका कारणले भएको देखिएको भन्दै मनोचिकित्सकहरूले यस तर्फ सरकार र समाज दुवै गम्भीर हुनु पर्नेमा जोड दिएका छन् ।

नागरिक उन्मुक्ति पार्टीले फिर्ता बोलायो सुदूरपश्चिमका आफ्ना दुई मन्त्री

कैलाली । नागरिक उन्मुक्ति पार्टी नाउपाले आफ्ना दुई मन्त्रीलाई सुदूरपश्चिम प्रदेश सरकारबाट फिर्ता बोलाएको छ । सुदूरपश्चिममा नाउपाका कैलाश...

राष्ट्रिय सभा निर्वाचन : मधेशमा गठबन्धनका उम्मेदवार ढुंगाना र चौधरी निर्वाचित

काठमाडाैं । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत मधेश प्रदेशका दुवै सिटमा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।   बिहीबारको भएको...

मधेश प्रदेशले माघ ३ गते स्वाभिमान दिवस मनाउने

काठमाडौं । मधेश प्रदेश सरकारले माघ ३ गतेका दिन स्वाभिमान दिवस मनाउने भएको छ । प्रदेश नं. २ बाट...

केपी ओली कप : आर्मी र मधेशबीच आज उपाधि भिडन्त

काठमाडौं । केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा आज विभागीय टोली त्रिभुवन आर्मी र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुने...

लुम्बिनीका ४ जिल्लामा सोमबार सार्वजनिक बिदा

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले छठ पर्व समापनको अवसरमा चार जिल्लामा सोमबारका लागि सार्वजनिक बिदा दिने भएको छ ।...

भूकम्पपीडितलाई मधेश सरकारको राहत, ६० लाखको सामग्री पठाउन

काठमाडौं । मधेश प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई ६० लाख रुपैयाँ बराबरको राहत सामग्री पठाउने निर्णय...

.