नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी संसदमा बोल्दैछन् : सांसद गैरे

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले नेपालीलाई नक्कली शरणार्थी बनाएर विदेश पठाउनेलाई राष्ट्रघात र देशद्रोहीको संज्ञा दिएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने क्रममा सांसद गैह्रेले देशद्रोहीहरु पनि संसद् बैठकमा बोलिरहेको बताउदै देशद्रोही काममा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।

उनले भने, ‘नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेशमा पठाउने र त्यसबापत करोडौँ असुल्ने, भ्रष्टाचार गर्ने काम जघन्य अपराध हो । यो भष्टाचारजन्य अपराध मात्र नभएर राष्ट्रघात पनि हो । देशद्रोही काम हो । त्यसकारण यस्तो काममा संलग्न मान्छेहरूलाई छिटोभन्दा छिटो कारबाहीको प्रक्रियामा ल्याइनुपर्छ । केही व्यक्तिहरू पक्राउ परेका छन् । केही सांसदहरू भागिरहनुभएको छ। केही सांसद जो नोटिसमा हुनुहुन्छ। जो सदनमा बोलिरहनुभएको छ ।’

उनले सो प्रकरणको विषयमा छानबिन के भइरहेको छ भन्दै सरकारसँग जवाफ मागेका छन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.