आरजुलाई तोसिमाको प्रश्न : अडियो काण्डमा अनुसन्धान माग गर्दा कसरी महिला हिंसा भयो ?

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद डा. तोसिमा कार्कीले भ्रष्टाचारमा कहाँ लिङ्ग जोडिएको हुन्छ भन्दै प्रश्न गरेकी छन् । मंगलबार बसेको प्रतिनिधिसभाको शून्य समयलाई सम्बोधन गर्दै सांसद कार्कीले नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवालाई इंकित गर्दै यस्तो बताएका हुन् ।

देउवालाई इंकित गर्दै उनले भनिन्, ‘एक महिला माननीय सांसदज्यूले भन्नुभयो टेप काण्डको अनुसन्धान माग गर्दा महिला विद्रोही भयो, महिला हिंसा भयो । मलाई उत्तर दिनुपर्यो, भ्रष्टाचारमा कहाँ लिङ्ग जोडिएको हुन्छ रु भ्रष्टाचारी मात्र होइन यहाँ चिनारी फेरिएर राष्ट्रघात भएको छ, अपराध भएको छ । कारबाही हुनुपर्छ ।’

यसअघि, नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाले आइतबारको प्रतिनिधिसभा बैठकमा भ्रष्टाचारका विभिन्न विषयमा आफ्नो नाम जोडिएको तर आफूले कुनै गल्ती नगरेकाले नडराउने बताएकी थिइन् । यसपछि यस अडियो टेप काण्डको अनुसन्धान माग गर्दा आरजुले महिला हिंसा भएको गुनासो गरेकी थिइन ।

उनले भ्रष्टाचारमात्र नभएर चिनारी फेरेर राष्ट्रघात र अपराध भएको भन्दै कारबाही हुनुपर्ने बताइन् । सम्पूर्ण सांसदको सम्पत्ति वेबसाइटमार्फत सार्वजनिक गर्न माग पनि गरिन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

सुदूरपश्चिममा आज नयाँ सरकार गठन हुँदै

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ ।   प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठन गर्न...

कर्णालीका चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिँदै

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले आज पद तथा गोपनीयताको सपथ लिने भएका छन् । मन्त्रीहरूले को...

आज एमालेका मनोनित केन्द्रीय सदस्यको शपथग्रहण

काठमाडौं । आज नेकपा एमालेका मनोनीत उपाध्यक्ष, स्थायी कमिटी तथा केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम रहेको छ ।   पार्टी...

.