सामाजिक सुरक्षा भत्ता कटौती हुँदैन, बोलिसकेका कुराबाट पछि हट्दैनौं : अर्थमन्त्री महत

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले बाहिर राज्यको ढुकुटी रित्तिएर सामाजिक सुरक्षा भत्तासमेत बाँड्न नसक्ने अवस्था आएको हल्लामाथि विश्वास नगर्न आग्रह गरेका छन् । राष्ट्रियसभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा अर्थमन्त्री महतले यस्तो हल्लाको पछि नलाग्न अनुरोध गर्दै हाल वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता कटौती नहुने बताएका हुन् ।

उनले भने, ‘सामाजिक सुरक्षाका विषयमा कतिपय आशंका उठेका छन् । तर, हामीले प्रतिबद्धता गरेका सामाजिक सुरक्षाका विषयमा हामी प्रतिबद्ध छौं । त्यसलाई फूलफिल गर्छौं । त्यसलाई कटौती गर्ने कुनै योजना छैन् । हामीले बोलिसकेका कुराबाट पछि हट्दैनौं । अब हाम्रो पुँजीगत खर्चको प्रभावकारिकता बढाउनुपर्छ । हाम्रो संयन्त्रमा ढिलासुस्ती छ, उदासिनता छ । हाम्रो संयन्त्रमा अन्तिम समयमा खर्च गर्ने प्रचलन छ । हामी ‘डे–वान’ देखि नै खर्चको महिना–महिनामा मनिटरिङ गर्छौं ।’

अर्थमन्त्री डा.महतले अर्थतन्त्र चलायमान बनाउन आर्थिक वर्षको सुरुवातदेखि नै पुँजीगत खर्च बढाउन पहल गर्नुपर्ने बताएका छन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.