खाँण पक्राउ परेपछि गृहमन्त्री भेट्न पुगे कांग्रेसका नेता सिंहदरबार

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँड नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेपछि कांग्रेसका केही नेताहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठसङ भेटवार्ता गरेका छन्  । काँग्रेस नेताहरूले सिंहदरबार स्थित गृह मन्त्रालयको कार्यालय पुगी श्रेष्ठसँग भेटवार्ता गरेका हुन् ।

कांग्रेस नेताहरू भूपेन्द्र शाही, गुरुराज घिमिरे , मधु आचार्य, रञ्जित कर्ण लगायतका नेताहरू भेटमा  सहभागी थिए ।  उनीहरूले गृहमन्त्रीसङ भेटवार्ता गरी भुटानी शरणार्थी प्रकरणमा सरकारले गरेको छानबिन र कारबाहीको कदमप्रति आफ्नो ऐक्यबद्धता व्यक्त गरेका छन्  ।

भेटघाटको क्रममा गृहमन्त्री श्रेष्ठले यस्ता कदमलाई निरुत्साहित पार्न नसक्दा सम्म सुशासनको परिकल्पना गर्न नसकिने भन्दै सरकारको कदममा सहयोगको अपेक्षा राखेको जनाइएको छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.