एकचोटी मात्र होइन हजार चोटि पनि नाङ्गिन तयार छु : अमरेश कुमार
काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले आफु अझै पनि नाङ्गिन तयार रहेको बताएका छन् । आजको प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने क्रममा सांसद सिंहले आफु एकचोटी मात्र होइन हजार चोटि सम्म पनि नाङ्गिन तयार भएको बताएका हुन् ।
उनले भने, मेरो त्यो अर्धबस्त्र नेपाली जनताको गरिबी ,भोकमरी,नेपाली जनताको विदेश लखेटिने प्रवृत्ति हो । देशमा विद्यमान भ्रष्ट्राचार र तिनै भ्रष्ट्राचारीले राज गरिरहने प्रवृत्तिको विरुद्धमा हो । यसका लागि म हजार चोटि नाङ्गिन तयार छु तर कुनै पनि गरिब जनताको छोराछोरीलाई अब नाङ्गिन दिने छैन । भ्रष्ट्राचारी जोसुकै भए पनि तिनलाई कानुनी कारबाहीमा ल्याउनु पर्ने उनको दाबी छ ।
साथै उनले आफु बेहोसमा नभई होसमै नाङ्गिएको पनि बताएका छन् । उनले भने, कुनै एक जना मान्य ज्युले भनेको जस्तै मेरो स्वास्थ्यमा कुनै समस्या छैन र मा बिरामी पनि छैन । उक्त दिनको संसद् बैठकमा उनी अर्धनग्न भयसँगै केही सांसदहरूले उनको कार्यप्रति आपत्ति जनाएका थिए भने नेकपा एमालेका सांसद रघुजी पन्तले उनको स्वास्थ्य जाँचको माग समेत गरेका थिए ।
नेपाल कमर्स क्याम्पसका प्राध्यापकको हत्यामा संलग्न आरोपी १७ वर्षपछि पक्राउ
काठमाडौं । काठमाडौंको मिनभवन स्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापकको हत्यामा संलग्न आरोपी रञ्जन खड्का १७ वर्षपछि पक्राउ परेका छन्...
‘संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्नुपर्छ’
काठमाडौं । काम चलाऊ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालले संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्न आवश्यक रहेको बताएका छन्...
प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते विश्वासको मत लिने भएका छन् । शुक्रबार संसद सचिवालयमा पत्र...
गणित, विज्ञान र अङ्ग्रेजी शिक्षकलाई विशेष व्यवस्था गर्न माग
काठमाडौं । प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले शिक्षाको सुधार गर्ने हो भने गणित, विज्ञान र अङ्ग्रेजी शिक्षकलाई विशेष व्यवस्था गर्नुपर्ने...
कर्णाली सरकारको खर्च ३३ प्रतिशत
काठमाडाैं । चालू आर्थिक वर्षका लागि ३३ अर्ब ४१ करोडको बजेट ल्याएको कर्णाली प्रदेश सरकारले ११ अर्ब ७ करोड...
विश्वकप छनोट : नेपाल र युएईबीच प्रतिस्पर्धा
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेल आज नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बिच प्रतिस्पर्धा हुने भएको...