सिँचाइ कार्यालयका तत्कालीन प्रमुख श्रेष्ठसहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा

स्टार संवाददाता
स्टार संवाददाता

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बुटवलका तत्कालीन प्रमुख सहित ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ । भूमिगत जलस्रोत र सिँचाइ निर्माण सम्बन्धी कामै नगरी झुटा बिल बनाएर भोलेबाबा कन्स्ट्रक्सनलाई रकम भुक्तानी दिएको भन्दै प्रमुख इच्छाकुमार श्रेष्ठसहित ५ जनाविरुद्ध आयोगले मुद्दा दायर गरेको हो ।

श्रेष्ठसँगै इन्जिनियर सन्तोषकुमार दास, लेखापाल नेत्रप्रसाद मरासिन, भोलेबाबा कन्स्ट्रक्सनका सञ्चालक सुकबहादुर गुरुङ र कम्पनीका अख्तियारवाला प्रकाश भट्टराईविरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर भएको हो । अख्तियारले कार्यालय प्रमुख श्रेष्ठ, इन्जिनियर दास र लखापाल मरासिनीमाथि ५३ लाख ७५ हजार रुपैयाा बिगो माग दाबी गरेको छ ।

निर्माण कम्पनी, त्यसका सञ्चालक र प्रतिनिधिबाट ६३ लाख ७ हजार रुपैयाँ बिगो माग दाबी गरिएको छ । उनीहरुले आर्थिक वर्ष २०७४र०७५ मा ठेकेदार र उपभोक्ता समितिमार्फत नवलपरासीको देवचुली र दुम्किबास पम्प हाउस, स्टोरेज टंकी र वितरण प्रणालीको ठेक्कामा कामै नगरी ९ लाख ३२ हजार ५ सय ४८ रुपैयाँको नक्कली बिल बनाएर हिनामिना गरेका थिए ।

नागरिक उन्मुक्ति पार्टीले फिर्ता बोलायो सुदूरपश्चिमका आफ्ना दुई मन्त्री

कैलाली । नागरिक उन्मुक्ति पार्टी नाउपाले आफ्ना दुई मन्त्रीलाई सुदूरपश्चिम प्रदेश सरकारबाट फिर्ता बोलाएको छ । सुदूरपश्चिममा नाउपाका कैलाश...

लुम्बिनीका ४ जिल्लामा सोमबार सार्वजनिक बिदा

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले छठ पर्व समापनको अवसरमा चार जिल्लामा सोमबारका लागि सार्वजनिक बिदा दिने भएको छ ।...

कोशी सरकारविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौं । कोशी सरकारविरुद्ध परेको रिटको सुनुवाइ आजदेखि नियमित शुरु हुने भएको छ । प्रदेश सरकारको विश्वासको मत विरुद्ध...

उपसभामुख सिर्जना दनुवारको सञ्चालनमा कोशी प्रदेश सभा बैठक बस्दै

काठमाडौं । उपसभामुख सिर्जना दनुवारको सञ्चालनमा कोशी प्रदेशसभाको बैठक आज बस्ने भएको छ । निवर्तमान मुख्यमन्त्री कार्कीको विश्वासको मत...

कोशीमा सरकार गठनको लागि दिएको समय सकिँदै, सभामुखलाई राजीनामा गराएर सरकार बनाउने तयारी

काठमाडौं । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि दलहरूलाई दिएको समय सीमा आज सकिँदै छ ।...

सरकार गठन नभएसम्मका लागि हिक्मत कार्कीले कोशी सरकारको नेतृत्व सम्हाल्ने

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीबाट पुनर्वहाली भएका हिक्मत कार्कीले कामचलाउ मुख्यमन्त्रीको रूपमा पुन: कार्यभार सम्हाल्ने भएका छन् । बिहीबार...

.