निष्पक्ष छानबिन र कारबाहीको मागसहित गठबन्धनका विद्यार्थीको भ्रष्टाचारबिरुद्ध प्रदर्शन
काठमाडौं । सत्तारुढ गठबन्धनका विद्यार्थी संगठनहरुले भ्रष्टाचारबिरुद्ध प्रदर्शन गरेका छन् । बिहीवार भ्रष्टाचारबिरुद्धको अभियानलाई समर्थन गर्दै नेपाल विद्यार्थी संघ,अनेरास्ववियु क्रान्तिकारी र नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुले बिरोध गरेको हो ।
नक्कली भूटानी शरणार्थी प्रकरणबारे अनुसन्धान गरी भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै विद्यार्थी संगठनहरुले बिरोध प्रदर्शन गरेका छन् । उनीहरुले काठमाडौंको भृकुटीमण्डप परिसरमा प्रर्दशन गरेका हुन् । प्रदर्शनका क्रममा कुराकानी गर्दै नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले प्रधानमन्त्री पुष्पकमल दाहालले चलाउनुभएको अभियानलाई समर्थन गर्न
प्रदर्शन गरेको बताए ।
उनले नेपाली जनतामा भ्रष्टाचार गर्ने ठूला दलका नेताहरु राजनीतिक लेनदेनमा लागेको भन्ने जनताको संशयलाई ठिक ढंगले छानबिन गरी कारबाही गर्न खबरदारी स्वरुप प्रदर्शनमा आएको बताए । उनले निष्पक्ष छानबिन गरी कारबाही नभएसम्म आन्दोलन जारी रहने बताए । प्रर्दशनका क्रममा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भूटानी शरणार्थी प्रकरणमा सरकारले थालेको अभियानलाई ऐक्यवद्धता जनाएको बताए ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
सुदूरपश्चिममा आज नयाँ सरकार गठन हुँदै
काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठन गर्न...
कर्णालीका चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिँदै
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले आज पद तथा गोपनीयताको सपथ लिने भएका छन् । मन्त्रीहरूले को...
आज एमालेका मनोनित केन्द्रीय सदस्यको शपथग्रहण
काठमाडौं । आज नेकपा एमालेका मनोनीत उपाध्यक्ष, स्थायी कमिटी तथा केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम रहेको छ । पार्टी...