माओवादी लडाकु शिविर प्रकरणबारे ओली भन्छन्- हिनामिनाको छानबिन गर्नुस्, खुट्टा नकमाउनुस्

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकु शिविरमा भएको आर्थिक हिनामिनाबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आायेगले खुट्टा कमाएको बताएका छन् । बिहीवारबाट पार्टी केन्द्रिय कार्यालय च्यासलमा शुरु भएको पार्टीको केन्द्रिय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले क्यान्टनमेण्ट काण्डबारे अख्तियारले अनुसन्धान गर्न खुट्टा नकमाउन आग्रह गरेका हुन् ।

उनले भने, ‘अब पछिल्लो समयमा त लडाकुलाई बाँड्ने भनिएको छ ।  अर्थतन्त्र कर्मचारीलाई तलव खुवाउन नसक्ने अवस्था छ, बहिर्गमित लडाकुलाई बाँड्ने भनेर एकलौटि निर्णय गरेको छ, माओवादी केन्द्र जसले सरकारको नेतृत्व गरेको छ, उहाँहरु बलजफ्ती निर्णय गराउने र ५० हजार कार्यकर्तालाई दिने, बाँकी आफैँ लिने कामका लागि शुरु हुँदैछ, क्यान्टनमेण्टका सवालमा त्यस्ता कुराहरु धेरै भएका छन् । राज्यको ढुकुटी रित्याएर अर्बौं पैसा कुम्ल्याउन मिल्छ ?  यी कुराहरु भएका छन्, आज होइन, पहिलादेखि नै हो । म भन्न चाहन्छु, राज्यको यत्रो अर्बौंको हिनामिनाको छानबिन गर्नुस्, खुट्टा नकमाउनुस्, किन खुट्टा कमाएर बस्नुहुन्छ । यस्ता संस्थाहरु राजनीति प्रतिशोधका अस्त्र बनाउने ?’

उनले बहिर्गमित लडाकुहरुलाई पैसा बाँड्ने नाममा फेरि भ्रष्टाचार गर्न लागिएको आरोप लगाए । उनले अर्थतन्त्र संकटमा रहेको बेलामा कार्यकर्तालाई पैसा बाँड्ने काम भ्रष्टाचार बाहेक अरु हुनै नसक्ने दाबी गरे ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

सुदूरपश्चिममा आज नयाँ सरकार गठन हुँदै

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ ।   प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठन गर्न...

कर्णालीका चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिँदै

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले आज पद तथा गोपनीयताको सपथ लिने भएका छन् । मन्त्रीहरूले को...

सुनचाँदीको मूल्य कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार १ लाख ४९ हजार ९ सय रुपैँयामा कारोबार भएको छापावाला...

.