प्रधानमन्त्री प्रचण्डसँग ओली र देउवाको भेटवार्ता

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणले नेपाली राजनीतिमा तरङ्ग आइरहेको बेला निरन्तर भेटवार्ता भइरहने क्रममा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार पनि तीन शीर्ष नेताबीच भेटवार्ता भएको हो ।

तीन नेताबीच बजेट र नीति तथा कार्यक्रमसहित संसदीय सुनुवाइ समिति गठनबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गरे पनि संसदीय सुनुवाइ समिति गठन नहुँदा नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन ।

उनीहरुबीच पछिल्लो राजनीतिक अवस्था र संसदमा दर्ता भएका विधेयक लगायतका विषयमा पनि छलफल हुने जनाइएको छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

सुदूरपश्चिममा आज नयाँ सरकार गठन हुँदै

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ ।   प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठन गर्न...

कर्णालीका चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिँदै

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले आज पद तथा गोपनीयताको सपथ लिने भएका छन् । मन्त्रीहरूले को...

आज एमालेका मनोनित केन्द्रीय सदस्यको शपथग्रहण

काठमाडौं । आज नेकपा एमालेका मनोनीत उपाध्यक्ष, स्थायी कमिटी तथा केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम रहेको छ ।   पार्टी...

.