वैदेशिक रोजगारीका लागि अमेरिका पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं । अमेरिका पठाईदिन्छु भन्दै रकम ठगि गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले काठमाडौं महानगरपालिका वडा नं. २० घर भई हाल ऐ.ऐ. वडा नं. १५ बस्ने ५६ वर्षीय ओम शाक्यलाई कालिमाटीबाट पक्राउ गरेको हो ।
उनले पासाङ ल्हामु शेर्पालाई वैदेशिक रोजगारीका लागि आमेरिका पठाईदिने र प्रतिष्ठित कम्पनीमा काम लगाईदिने मासिक २ लाख बढी तलब हुन्छ भनि विश्वास दिलाई प्रलोभनमा पारी रकम ठगी गरेका थिए । उनले पटक पटक गरी पिडितहरुबाट १५ लाख रकम ठगी गरी सम्पर्क विहिन भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका शाक्यलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौं पठाईएको छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...