नक्कली शरणार्थी बनाइ कुकृत्य गर्नेलाई दण्डित गर्नुपर्छ : अध्यक्ष नेपाल
![](https://old.sevenstartv.com/wp-content/uploads/2023/05/makune-1-650x390.jpg)
![](https://sevenstartv.com/wp-content/uploads/2023/05/favicon-min.jpg)
वीरगन्ज । एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले अन्तिम परिणामसम्म खुट्टा कमाउन नहुने बताएका छन् । समाजवादी प्रेस संगठन नेपाल पर्साले सोमबार बिहान वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले राजनीतिलाई ठगी खाने पेसाको रुपमा अगाडि सार्ने जस्तो कुकृत्य कार्य गर्नेलाई संरक्षण गर्न नहुने भन्दै यस्तो बताएका हुन् ।
उनले भने, आफ्नो देशको नागरिकको पहिचान बदलेर विदेश पठाएर पैसा कमाएर देशको मान, सम्मान र मर्यादामा आँच पुर्याउने, राजनीतिलाई ठगी खाने पेसाको रुपमा अगाडि सार्ने जस्तो काम भएको छ । त्यस्तो काम गर्ने राजनीतिबाट होस्, प्रशासनबाट होस्, समाजको कोही पनि व्यक्तिबाट होस् त्यस्तो कुकृत्य गर्नेलाई साथ दिनुहुँदैन । संरक्षण गर्नु हुँदैन, दण्डित गर्नुपर्छ । यस प्रकरणमा वर्तमान सरकारले जुन काम गरेको छ, यो कदमको सरहाना गर्दछु । भुटानी शरणार्थी मात्र हैन, कुनै पनि भ्रष्टचारजन्य क्रियाकलापमा संलग्नलाई दण्ड सजाय दिनुपर्छ । दोषी कोही पनि नउम्किउन भन्ने उद्देश्यले यो सरकारले काम अगाडि बढाउनुपर्छ ।
अध्यक्ष नेपालले नक्कली शरणार्थी बनाएर भ्रष्टाचार प्रकरणमा जोडिनेलाई राष्ट्रद्रोहीको संज्ञा दिएका छन् । देशको हरेक क्षेत्रमा भ्रष्टचार बढेकोमा पूर्वप्रधानमन्त्री समेत रहेको नेपालले चिन्तता प्रकट गरेका थिए ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
सुदूरपश्चिममा आज नयाँ सरकार गठन हुँदै
काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठन गर्न...
कर्णालीका चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिँदै
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले आज पद तथा गोपनीयताको सपथ लिने भएका छन् । मन्त्रीहरूले को...
आज एमालेका मनोनित केन्द्रीय सदस्यको शपथग्रहण
काठमाडौं । आज नेकपा एमालेका मनोनीत उपाध्यक्ष, स्थायी कमिटी तथा केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम रहेको छ । पार्टी...