शरणार्थी प्रकरणलाई निष्कर्षमा पुर्याएर र थप फायरहरू खोल्नुपर्छ : सांसद सापकोटा


काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई देश केन्द्रित भएर निष्कर्षमा पुर्याइनुपर्ने बताएका छन् ।सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा अहिले चलिरहेको मानव तस्करसहितको विषयलाई निष्कर्षमा पुर्याएर थप कायरहरू खोल्ने दिशामा सरकार जानुपर्ने बताएका हुन् ।
उनले भने, ‘भ्रष्टाचारबारे सिंगो देश र अन्तर्राष्ट्रिय जगत बहसमा छ । मानव तस्करसँग जोडिएको विषयलाई सम्पूर्ण रूपमा देश केन्द्रित भएर यो विषयलाई निष्कर्षमा पुर्याइनुपर्छ। नकी यो विषयलाई कमजोर बनाउन विषयान्तर गर्नु भनेको भ्रष्टाचारलाई मद्दत गर्नु हो । अहिले चलिरहेको मानव तस्करसहितको विषयलाई निष्कर्षमा पुर्याएर थप फायरहरू खोल्ने दिशामा सरकार जाओस् ।’
सांसद सापकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर नगर्न समेत आग्रह गरेका छन् ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...