शुल्क तिर्न नसकेर विद्यार्थी मर्नुपर्ने स्थितिको अन्त्य हुन जरुरी छ : मन्त्री बस्नेत

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग र सम्पती शुद्धीकरण सम्बन्धी विधेयकलाई छिट्टै टुंगोमा पुर्याउनुपर्ने बताएका छन् ।

मंगलवार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१लाई संशोधन गर्न बनेको विधेयक र सम्पती शुद्धीकरण मनि लाउण्डरिङ्ग निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ लाई छिट्टै टुंगोमा पुयाउनुपर्ने बताएका हुन् ।

उनले यि दुवै विधेयकहरुको महत्वलाई बुझ्दै छिटोभन्दा छिटो प्रक्रियामा लगेर अगाडी बढाउनुपर्ने बताएका हुन् । मन्त्री गुरुङले समितिले दिने निर्देशनलाई नेपाल सरकारले अंगिकार गर्ने बताए । त्यसैगरी बैठकमा बोल्दै नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकलाई अन्तर्राष्ट्रिय प्रतिवद्धताहरु, अदालतको फैसला र पीडितको कुरालाई मध्यनजर गर्दै अगाडी बढाए । उनले बाँकी प्रक्रिया पुरा गर्न सबै पार्टीहरु एक ठाउँमा उभिएको पनि बताए ।

नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक र सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकलाई तार्किक निस्कर्षमा
पु¥याउनका लागि सत्ता पक्ष र प्रतिपक्ष भन्नु नहुने बताए । उनले पीडित र पीडक दुवै पक्षलाई मान्य हुनेगरी कानून निर्माण गर्नुपर्ने बताए । उनले उपसमिति बनाएर भएपनि यि दुई विधेयकलाई निस्कर्षमा पु¥याउनुपर्नेमा जोड दिए ।

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । बोर्डले केहिबेर अघि नतिजा सार्वजनिक गरेको हो ।  ...

कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।   नतिजा प्रकाशनको लागि...

देशभर २२ जनामा हैजा पुष्टि

काठमाडौं । नेपालमा २२ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । दुई सातायता देशभर हैजाका २२ जना बिरामी भेटिएसँगै...

एसइई मौका परीक्षाको तयारी पूरा

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक परीक्षा (ग्रेडवृद्धि) का लागि देशभर ५ सय ५० परीक्षा केन्द्र तोकिएका...

लोकसेवाले फेर्‍यो पाठ्यक्रम

काठमाडौं । लोकसेवा आयोगले लिने लिखित परीक्षाको पाठ्यक्रम फेरेकाे छ । आयोगले अबदेखि शाखा अधिकृत, नायब सुब्बा र खरिदार...

शिक्षक सेवा आयोगको विज्ञापन पुसमा खुल्ने

काठमाडौं । शिक्षक सेवा आयोगले आर्थिक वर्ष २०८१(०८२ को शिक्षक पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।   वार्षिक...

.