एमाले बाहिरिएको दुई महिनासम्म पनि मधेस सरकारले पाएन पूर्णता, मन्त्रालय भागबन्डामै सकस

स्टार संवाददाता
स्टार संवाददाता

जनकपुर । मधेस सरकारबाट एमाले बाहिरिएको दुई महिनापछि पनि मधेस सरकारको विस्तार हुन सकेको छैन । मन्त्रालयको भागबण्डा लगाउन सकस, जनमत पार्टीलाई सरकारमा राख्ने नराख्ने विषयमा संशय हुँदा मुख्यमन्त्री सरोजकुमार यादवकालागि सरकार विस्तार टाउको दुःखाईको विषय बनेको छ ।

तत्कालिन गठबन्धन तोडेर कांग्रेससंग मिलेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार निर्माण गरे । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एकिकृत समाजवादी पार्टी लगायतको दल सम्मिलित नयाँ गठबन्धन बने लगत्तै संघसहित प्रदेश सरकारहरुबाट एमाले बाहिरिएको थियो ।

मधेस सरकारबाट एमाले बाहिरिएपनि जनमत पार्टी निर्णायक शक्तिजस्तै बनेपछि प्रदेश सरकारकालागि सरकार विस्तारमा कठिनाई भईरहेको छ । यद्यपि सत्तारुढ गठबन्धनका नेताहरु केन्द्रमा गठबन्धनले निर्णय गरे अनुसार नै मधेसमा मन्त्रालय भागबण्डा हुने र सरकार विस्तार हुने बताउँदै आईरहेका छन् ।

मधेसकेन्द्रित दु्ई दल जसपा र जनमतबिच शक्ति संघर्षको खेल चलिरहँदा सत्तारुढ गठबन्धनको शिर्ष नेताहरुकालागि मधेस सरकारको विस्तार फलामको च्युरा चपाउनु सरह भएको हो । जसपा जनतम बिनाको सरकार चाहन्छ भने बाँकी दलहरु जनमतलाई साथ लिएर नै सरकार विस्तार गर्न चाहन्छ । प्रधानमन्त्री प्रचण्ड जनमतलाई गठबन्धनमै राख्ने मनस्थितिमा रहेका कारण जसपाले संघ सरकारमा समेत मन्त्रीको नाम नपठाएको श्रोतको दावी छ ।

जनमत आफूले रोजेको मन्त्रालय नपाएपछि संघ सरकार छोडेपनि मधेस सरकारमा जनमतले अहिलेपनि दुईवटा मन्त्रालय सम्हालिरहेको छ । गठबन्धनमै रहेर उपराष्ट्रपति निर्वाचन र बारा २को उपनिर्वाचनमा जनमतले उम्मेदवार खडा गरेपछि जसपा अध्यक्ष उपेन्द्र यादव जनमतलाई लिएर बिच्किएका छन् । जसपाका प्रवक्ता मनिषकुमार सुमनले जनमतले गठबन्धनको अनुशासनलाई भंग गरेको आरोप लगाउँछन् । उनले जसपाले अनुशासनहिनता देखाईरहे सरकारमा राखीराख्नुको औचित्य नरहेको बताए ।

जसपा र जनमतबिच मतभिन्नता रहेपनि मधेस सरकारबाट जनमत बाहिर जान चाहँदैन । न जसपाले नै अहिलेसम्म जनमतलाई सरकारबाट बाहिर निस्किन भनेको छैन । जबकि जनमतको मधेस प्रदेशको संसदीइ दलका नेता मधेसका जनता नयाँ नेतृत्व चाहिरहेकाले मधेस सरकारको नेतृत्व जनमतले पाउनुपर्ने दावी गर्छन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.