५८ टिम सहभागी फुटबल प्रतियोगिता सुरु, अध्यक्ष नेपालद्वारा उद्घाटन
नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपाल पिपुल्स भोलियन्टरद्वारा आयोजित ५८ टिम सहभागी फुटबल प्रतियोगिता सुरु भएको छ । काठमाडौंको मनमैजुस्थित G4 7A Side फुटबल ग्राउन्डमा मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
खेलमा देशभरिबाट करिब एक हजार एक सय खेलाडीको सहभागितामा फुटबलको उद्घाटन समारोहमा आज दुई मैत्रीपूर्ण खेल भएका छ । युवा संघ बाग्मती प्रदेश र नेपाल भोटे युवा संघ टिम बिचको खेलमा कवीन्द्र गुरुङ म्यान अफ दि म्याच भए । त्यस्तै, दोस्रो खेल युवासंघ नेपाल पाँचखाल र योङ एण्ड वाईज् टिमबिचको खेलमा जिम लिम्बु मेन अफ द म्याच बन्न सफल भए ।
फुटबल प्रतियोगितामा पहिलो हुने टिमले नगत तीन लाख रुपैंयासहित प्रमाणपत्र, दोस्रो हुनेले २ लाख नगद र तेस्रो हुनेले एक लाख नगद पुरस्कार पाउने छन् । फुटबल प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष नेपालले नेकपा एकीकृत समाजवादी खेलकुद क्षेत्रको विकासको लागि प्रतिबद्ध रहेको बताएका छन् । खेलकुदको मार्फत खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम राख्ने गरेकाले सरकारले यसतर्फ विशेष ध्यान दिनुपर्ने अध्यक्ष नेपालको भनाई थियो ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदै
काठमाडौं । भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ । तीन खेलको शृङ्खला अन्तर्गत दोस्रो एकदिवसीय खेल...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...