सर्वोच्च शिखरमा एकै दिन १७५ जनाभन्दा बढी आरोही

काठमाडौं । सर्वोच्च शिखर सगरमाथामा एकै दिन १७५ भन्दा बढी आरोहीले आरोहण गरेका छन् । बुधबार विश्व कीर्तिमानी कामीरिता शेर्पासहित १७५ भन्दा बढी आरोहीले सर्वोच्च शिखर चुमेका हुन् ।
एकैदिन सगरमाथामा धेरै जनाले भने सन् २०१९ को मे २३ मा आरोहण गरेका थिए । उक्त दिन ३५४ जनाले सगरमाथाको सफल आरोहण गरेका थिए । यो सिजनमा सगरमाथासहित २८ हिमाल आरोहणका लागि ८० देशका १ हजार १ सय ७६ जनाले अनुमति लिएका छन् ।
जसमा ८ सय ९९ पुरुष र २ सय ७७ महिला छन् । पर्यटन विभागका अनुसार, वैशाख ३१ सम्म सगरमाथा आरोहणका लागि ४ सय ७८ जनाले अनुमति लिएका थिए । विभागले यस पटक आरोहण अनुमतिबाट ७६ करोड ५७ लाख सलामी दस्तुरबापत राजस्व संकलन गरिसकेको छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...