भुटानी शरणार्थी प्रकरण अर्बको भ्रष्टाचार मात्रै नभएर राज्यद्रोह हो : राजेन्द्र लिङदेन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठुला दलबिच सहमति भएको बताएका छन् । बिहीबार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको भ्रष्टाचार प्रकरणको विरोध सभामा बोल्ने क्रममा अध्यक्ष लिङदेनले यस्तो आरोप लगाएका हुन् ।
उनले जनता बेच्ने भ्रष्टाचार ठुला दलहरूको सर्वदलीय सहमतिमा पुग्नु लज्जास्पद र दुःखदायी रहेको बताए । उनले विश्व जगतमा नेपालको बदनाम भएको भन्दै नेपालको शिर झुकेको बताए । उनले नक्कली भुटानी शरणार्थी प्रकरण पनि नेपाल प्रहरीको जोड बलमा र विदेशीहरूको चासोमा अगाडि बढेको बताए । उनले यो काण्डको अनुसन्धान पूर्ण नभईकन फाइल अदालतमा जाने दिशामा रहेको बताए । उनले यो काण्डमा अर्बको भ्रष्टाचार मात्रै नभएर राज्य द्रोह र राज्य विरुद्धको अपराध भएको बताए । उनले भ्रष्टाचारमा सङ्लन कुनै पनि मानिसहरूले उन्मुक्ति पाउन नहुने बताएका हुन् ।
उनले नक्कली भुटानी शरणार्थी काण्डमा आकर्षित हुने सबै प्रकारका मुद्दाहरू चल्नुपर्ने बताए । उनले अपराधमा संलगनहरुलाई राज्य विरुद्धको अपराध, ठगी, सङ्गठित अपराध र सरकारी दस्तखत कृत्य सम्बन्धीको अपरा मुद्दाहरू चलाउन आग्रह गरेका छन् । उनले प्रहरीले नक्कली भुटान शरणार्थी प्रकरणको छानबिन गर्न खुट्टा कमाउन नहुने बताए ।
उनले भने, ‘पुल कमसल बनाएर खाने मात्रै नभएर आफ्नै जनता बेचेर खान पनि नेपालका ठुला दलको सर्वदलीय सहमति देखिएको छ । यो भन्दा निकृष्ट भ्रष्टाचार के हुनसक्छ । आफ्नो जनता बेचेर खाने कस्तो कल्पना होला रु यो जस्तो लज्जास्पद र दुःखदायी कुरा अरू केही पनि हुन सक्दैन । विश्व जगतमा नेपालको बदनाम भएको छ । नेपालको शिर झुक्ने काम भएको छ । यो काण्ड पनि नेपाल प्रहरीको जोड बलमा विदेशीहरूको चासोमा अगाडि बढेको छ । यो पनि अनुसन्धान पूर्ण नभईकन फाइल अदालतमा जाने दिशामा छ। यो भ्रष्टाचार अर्ब खर्बको भ्रष्टाचार भयो भन्ने मात्र होइन यो राज्य द्रोह र राज्य विरुद्धको अपराध हो । त्यस कारण यो अपराधमा कुनै पनि मानिसहरूले उन्मुक्ति पाउनु हुँदैन । कसैले पनि छुट पाउँनु हुँदैन । प्रहरीले खुट्टा नहल्लाओस् । प्रहरीले अभियोग पत्र बुझाउने बेला भएको छ । छानबिनमा आउनुपर्ने मानिसहरूको नाम नछुटोस् भन्नको लागि दबाबको लागि सभाको आयोजना गरिएको हो ।’
उनले एउटा मात्रै काण्डको छानबिनले नपुग्ने भन्दै विगतका अन्य ठूलाठूला भ्रष्टाचार काण्डको पनि सरकारले छानबिन गर्नुपर्ने बताए । उनले राप्रपा कुनै पनि भ्रष्टाचारीले उम्कने कुराको पक्षमा नरहने बताएका छन् । उनले भ्रष्टाचार र हिंसाको राजनीतिले ढिलो चाँडो दण्डित हुनुपर्ने बताएका हुन् ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...