आर्थिक अवस्थामा सुधार ल्याउन विशेष पहल गर्नुपर्छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याउने अगामी बजेटले विद्यमान आर्थिक अवस्थामा सुधार ल्याउन विशेष पहल गर्न आवश्यक रहेको बताएका छन् । विहीवार काठमाडौंमा भएको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान प्रतिवेदन सार्वजनिकीकरण एवं छलफल कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।
उनले सरकारल अर्थतन्त्रको सुधारको लागि ब्याजदर स्थायित्व, कर्जाको पुनःसंरचना र पुनःतालिकीकरण तथा उद्यमी व्यवसायीलाई पुनःकर्जाको सुविधा दिनुपर्ने बताए । उनले व्यवसायीहरुका मागलाई राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समिक्षामा आंशिक रुपमा समेटेको तर यत्तिले मात्रै बजार चलायमान बनाउन नसक्ने भन्दै आगामी मौद्रिक नीति थप लचिलो बन्न आवश्यक रहेको बताए । उनले सरकारले रेमिट्यान्स औपचारिक माध्यमबाट बढिभन्दा बढी रेमिट्यान्स भित्र्याउने योजना बनाउनुपर्ने बताए ।
अध्यक्ष ढकालले सानो आय भएका व्यक्तिहरुले प्रयोग गर्ने रोकिएको रेमिट्यान्स सेवा सुचारु गर्न सरकारसँग माग गरे । उनले वाह्य क्षेत्र सन्तोषजनक रहेकाले तत्काल मन्दीबाट बाहिर आउन सकिने अवस्था रहेको भन्दै मौद्रिक र वित्तीय नीतिले बजारमा माग सिर्जना गर्न सकिने उपकरण ल्याउनुपर्ने आवश्यकता रहेको बताए । उनले आगामी आर्थिक वर्षदेखि अर्थतन्त्रमा क्रमशः सुधार हुने सम्भावना देखिएको भन्दै सरकारले आर्थिक रुपान्तरणका लागि निजी क्षेत्र प्रवद्र्धन नगरि सम्भव नभएको बताए ।
उनले तुलनात्मक लाभ भएका लगानीका क्षेत्र र नयाँ ठाउँमा पनि निजी क्षेत्रलाई अवसर सरकारले दिनुपर्ने बताए । उनले नेपालको फलाम लगायत खनिजजन्य पदार्थको उत्पादन एवं निर्यातमा विशेष कार्यक्रम आवश्यक रहेको बताए । उनले विभिन्न खोलाहरुमा थुप्रिएका गिटी ढुंगा बालुवाबाट मात्रै वार्षिक करिव दुई अर्ब डलर आर्जन गर्न सकिने सम्भावना रहेको बताए ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...