‘एकले अर्कालाई घोचेर मात्र हुँदैन, आफूभित्रको कमीकमजोरी पहिचान गरौँ’

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार आफ्नो हातबाट फुस्किए पछि अरूलाई सत्तोसराप नगर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीलाई आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा ओलीप्रति व्यंग्य गर्दै उनले सरकार किन गुम्यो त्यसमा आत्म समीक्षा गर्न सुझाव दिँदै अरूलाई सत्तोसराप गरेर केही नहुने बताए ।

उनले भने, ‘सहकार्य आवश्यक छ । सरकारमा बस्न सकिए छुट्टै कुरा हो । एकले अर्कालाई घोचेर मात्र हुँदैन । पीडा, व्यथा पोखेर मात्र हुँदैन । आफूभित्र के कमीकमजोरी रहे सबैले पहिचान गरौं । त्यसमा सुधार गरौं । हामीमा सबैभन्दा ठूलो समस्या व्यक्तिवाद, सर्वमान्य ठान्ने प्रवृत्तिबाट मुक्त हुन, भ्रष्टाचारमा चुर्लुम्म ढुब्ने प्रवृत्तिबाट मुक्त हुन सकिएन भने विकास सम्भव छैन्,’ सरकारमा बस्न सकिएन, त्यो बेग्लै कुरा हो । किन बस्न सकिएन रु अरूलाई दोष दिएर हुँदैन । बनिसकेको सरकार किन आफ्नो हातबाट फुस्कियो रु अरूलाई सत्तोसराप गरेर हुँदैन ।’

ओलीप्रति व्यंग गर्दै उनले व्यक्तिवादी र सर्वज्ञानी ठान्ने रोग अहिले सबैभन्दा ठूलो समस्या भएको उनको भनाई थियो ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.