शिक्षक सरुवा गरेको विषय लिएर विद्यार्थी र प्रहरीबिच झडप, चार जना घाइते
बारा । बाराको सुवर्ण गाउँपालिकामा शिक्षक सरुवा गरेको विषय लिएर विद्यार्थी र प्रहरी बिच झडप हुँदा एक जना प्रहरी जवान र चार जना विद्यार्थी घाइते भएका छन् । भने पालिकाको एक करोड भन्दा बढीको सम्पत्ति नष्ट भएको छ ।
सुवर्ण गाउँपालिका वडा नं ४ हर्दियामा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक राम एक बाल साहलाई ज्येष्ठ ३ गते सुवर्ण गाउँपालिका वडा नं ७ नेपाल राष्ट्रिय माध्यमिक विद्यालय देवपुरमा शिक्षा शाखाले सरुवा गरेपछि नेपाल राष्ट्रिय माध्यमिक विद्यालय हर्दियाका आन्दोलित विद्यार्थीले सुवर्ण गाउँपालिकाका कार्यालयका सर्बजनिक सम्पत्तिलाई तोडफोड गरिरहेको अवस्थालाई प्रहरीले नियन्त्रण गर्न खोज्दा प्रहरी र आन्दोलित विद्यार्थी बिच झडप भएको थियो ।
झडपमा एक जना प्रहरी जवान र चार जना विद्यार्थी घाइते भएको हो ।मधेस प्रदेश सभा सदस्य बच्चा यादवले सुवर्ण गाउँपालिका वडा नं ४ हर्दियामा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक राम एक बालले विद्यालयलाई राम्रो व्यवस्थापन गरेर पठन पाठन गरिरहेमनि साहलाई सरुवा गर्न खोजेपछि विद्यार्थीले आन्दोलन गरेको मधेस प्रदेश सभा सदस्य बच्चा यादवले बताए । विपक्षीले स्थानीय तहको निर्वाचनमा पराजित भएपछि पालिकामा विकास निर्माण अवरोध गर्ने नियतले विभिन्न विषय लिएर विवाद गर्दै आएका छन् विपक्षीले सरुवाको विषय लिएर विद्यार्थीलाई परिचालन गरेर गाउँपालिका कार्यालयमा तोडफोड गराएको सुवर्ण गाउँपालिका अध्यक्ष राजेश यादवले बताए ।
उनका अनुसार नेपाल राष्ट्रिय माध्यमिक विद्यालय देवपुरलाई सुधार न र व्यवस्थापन गर्न प्रधानाध्यापक रामएकबाल साहलाई सरुवा गरेको अध्यक्ष यादवले बताउनु हुन्छ ।अध्यक्षको कार्यकक्ष उपाध्यक्षको कार्यकक्ष , आइटी फाट र दर्ता चलानी कार्यकक्षमा तोडफोड विपक्षीले गराएको ।गाउँपालिका नजिक राखिएका ६ वटा मोटरसाइकल एलसिडी , कुर्सी , सि सी टिभी क्यामरा , सोफा सेट , पङ्खा , जिसी बी लगायतका अन्य सम्पत्तिमा तोडफोड गरेर करिब एक करोडको सम्पत्ति नष्ट भएको गाउँपालिका अध्यक्ष यादवले बताए ।
अधिकांश स्थानीय तहमा पालिकाका जनप्रतिनिधि र पराजित भएका उम्मेदवार बिच विवाद हुँदा पालिकाको सम्पत्ति नष्ट गरिन्छ । तर सरकार यो कुरामा ध्यान नदिएको कारणले दोषी उमिन्छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...