नीति तथा कार्यक्रम पुनर्लेखन गरेको इतिहास छैन : सहमहामन्त्री परियार
![](https://old.sevenstartv.com/wp-content/uploads/2023/05/jiban-ram-pariyar-650x390.jpg)
![](https://sevenstartv.com/wp-content/uploads/2023/05/favicon-min.jpg)
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सरकारले ल्याएको नीति तथा कार्यक्रम पुनर्लेखन भएको इतिहास नभएको बताएका छन् । सोमवार प्रतिनिधिसभा बैठकमा उनले सरकारको नीति तथा कार्यक्रम पुनर्लेखन भएको इतिहास नभएको बताएका हुन् ।
उनले भने, ‘मैले सुने–यो नीति तथा कार्यक्रम काम लाग्दैन । पुनर्लेखन गर्नुप¥यो भन्ने पनि सुने । सम्माननीय सभामुख महोदय, हामीले २०७४ साल बनेका सरकारको नीति तथा कार्यक्रम पनि पढेका छौं । हामीले सुनेका छौं । पूर्व अर्थमन्त्रीजीहरुले पेस गरेको बजेटहरु पनि हामीले देखेका छौं । तर आजसम्म हामीले, अहिलेसम्म हामीले इतिहासमा पुनर्लेखन गरेको कुनैपनि इतिहास छैन । म स्मरण गराउन चाहन्छु । र, कतिपय माननीयजीहरुले भनिसक्नुभयो–यो नीति तथा कार्यक्रम परम्परागत छ । स्वभाविक रुपमा हो । हाम्रो देश नेपालमा हामीले यो देशको विकास र समृद्धिका लागि, नेपाली जनताको सुख र शान्तिका जे जति योजना र कार्यक्रम ल्याउनुपर्छ ।’
बजेट परम्परावादी भयो भनेर भन्नुको पनि कुनै तुक नरहेको सहमहामन्त्री परियारको भनाई थियो । आफूहरुले पनि विगतमा सरकारहरुले ल्याएका नीति तथा कार्यक्रम र बजेट पढेको उल्लेख गर्दै पुनर्लेखन हालसम्म पनि नभएको र नहुने सहमहामन्त्री परियारको भनाई थियो । उनले सरकारले नेपाली जनताको सुख र समृद्धिका लागि नीति तथा कार्यक्रम ल्याउनुपर्ने भएकाले वर्तमान सरकारले पनि त्यसैलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याएको दाबी गरेका हुन् ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...