ओलीलाई पूर्व राजा ज्ञानेन्द्रको झटारो- कुरा बटार्दै कोठे र ओठे जवाफ नदिन आग्रह
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले जनतालाई मुर्ख भन्दै तिनैलाई झुक्याएर आफ्नो स्वार्थसिद्ध गर्ने नेताहरुको प्रपञ्चको पर्दाफास भएको प्रतिक्रिया दिएका छन् । सोमबार सुदूरपश्चिमको धनगढीमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा बोल्दै पूर्व राजा ज्ञानेन्द्र शाहले जनतालाई झुक्याएर आफ्नो मनपरि गरिरहेका नेताहरुको पर्दाफास भएको प्रतिक्रिया दिएका हुन् ।
शाहले नेपाली जनतालाई आफ्नो भू–भाग र आफ्नो राष्ट्रिय अस्तित्व हुँदा हुँदै शरणार्थी बनाएर अर्काको देशमा श्रम पसिना बगाउन पठाउदा हाम्रो इज्जत, गौरब सबै लोप भएर गएको बताए । देशभित्रै बसौं, देश मै पसिना बगाउँ र आफ्नो पौरखले आफ्नै देश सपारौं भन्ने भावना हराउँदै गएको शाहको धारणा छ ।
के नयाँ नेपाल भनेको यही हो रु के अग्रगामी भनेको पराबलम्बी नेपाल हो रु के नेपालको आफ्नो अस्तित्व छैन रु हामी वीर परिश्रमी र स्वाभिमानी नेपाली तर आज हाम्रो वीरता र हाम्रो स्वाभिमान हाम्रो श्रम सीप सबैथोक खोसिएको त छैन रु भन्दै शाहले प्रश्न समेत गरेका छन् । साथै उनले मुल्ुकमा देखिएको दारुण दृश्यले सबैको आँखा रसाउँदै गएको उल्लेख समेत गरेका छन् ।
साथै शाहले विकास र प्रविधीको युगमा हामीले आफ्नै श्रोत साधन आफ्नै सामर्थ्य र स्वतन्त्र सत्ताद्धारा आफ्नो युगानुकूल उन्नति गर्नुपर्नेमा जोड दिए । उनले आफ्नै श्रोत साधन आफ्नै सामर्थ्य र आफ्नै स्वतन्त्र सत्ताद्धारा आफ्नो युगानुकूल उन्नति गर्नुपर्ने धारणा राखे ।
साथै शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै आजको टड्कारो अवस्थालाई नदेखेको र नबुझेको जस्तो गरेर, कुरा बटार्दै अरुलाई अल्मल्याएर कोठे र ओठे जवाफ फर्काएर नेपाल र नेपालीको भविश्य नसप्रिने उल्लेख गरेका छन् । नागरिक अभिनन्दन कार्याक्रम अन्तर्गत पूर्व राजा शाह झापा, इटहरी, नेपालगञ्ज यसअघि नै पुगिसकेका छन् भने आगामी १३ गते सुर्खेतमा अभिनन्दन कार्याक्रम तय गरिएको छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...