कामीरिताको नयाँ कीर्तिमान : २८औं पटक सगरमाथा चुचुरोमा

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपाली हिमाल आरोही कामिरिता शेर्पा २८ औं पटक सगरमाथा आरोहण गरेका छन् । शेर्पाले मंगलबार सफलतापूर्वक सगरमाथा आरोहण गरेसँगै २८औं पटक सगरमाथा चुचुरोमा पुग्ने पहिलो व्यक्ति बनेका हुन् ।

सन् २०१९ मा एक हप्तामा दुई पटक २३औं र २४ औं पटक सगरमाथाको सफल आरोहण गर्न सफल कामीरिता शेर्पाले २०२३ मा पुनः एक हप्तामा दुई पटक २७ औं र २८ औ पटक सगरमाथाको चुचुरोमा पुगेका हुन् । गत बुधबार जेठ ३ गते २७औं पटक सगरमाथाको चुचुरोमा पुगेका कामिरिता आज आज बिहान ९ बजेर २३ मिनेटमा सगरमाथाको २८औं पटक सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेका ५३ वर्षीय कामिरिता शेर्पाले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठ पटक चो ओयु, तीन पटक मनास्लु, एक पटक ल्होत्से, एक पटक केटु गरी ३९ पटक विश्वका अग्ला हिमालहरुको आरोहण गरिसकेका छन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.