माधवलाई गोकुलको जवाफ- ओलीलाई हेडमास्टरको उपाधिले पुग्दैन, उहाँ त प्रोफेसर डाक्टर हो
काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले केपी ओलीलाई हेडमास्टरको उपाधिले नपुग्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा नीति कार्यक्रममाथिको छलफलमा नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले एमाले अध्यक्ष केपी ओलीलाई हेडमास्टर भनेपछि सांसद गोकुल बाँस्कोटाले त्यसको जवाफ फर्काउँदै यस्तो बताएका हुन् ।
सांसद सापकोटाले नीति तथा कार्यक्रममाथि छलफलको क्रममा ओली हेडमास्टर शैलीमा प्रस्तुत भएको टिप्पणी गरेका थिए । उनले भने, ‘हेडमास्टर भन्नुभो, हामी आक्रोशित छैनौं । नेकपा एमाले लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय सहितको परिवर्तनको, पुनर्जीवनको र राष्ट्रिय आत्मविश्वास निर्माणको विश्वविद्यालय हो, तपाईंहरूले दिएको उपाधिले पुग्दैन, उहाँ त भिसी उपकुलपति हो, प्रोफेसर डाक्टर हो । तपाईँहरूले कम्तीमा सिक्न पाउनुभयो । बधाई भन्न चाहन्छु । उहाँले भनेको कुरा ग्रहण गर्नु सुल्टो बाटो हुन्छ ।’
सत्तापक्ष आफ्नो कमजोरी लुकाउने प्रतिपक्षको तेजोबोध गर्ने र तीव्र प्रतिवाद गर्ने, उल्टो बाटोमा हिँडेको देखेर आफू छक्क परेको टिप्पणी गरे । तथ्यको खडेरी परेपछि आरोप प्रत्यारोप हुने उनको भनाइ छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...