एकदिवसीय विश्वकप छनोट : नेपालले पहिलो खेलमा जिम्बावेसँग खेल्ने


काठमाडौं । जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोटको खेल तालिका सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले आज सार्वजनिक गरेको खेल तालिका अनुसार जुन १८ देखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेल नेपालले घरेलु टोली जिम्बावेसँग खेल्ने भएको हो ।
यस्तै, जुन २० मा नेपालले अमेरिकासंग, जुन २२ मा वेस्ट इन्डिजसँग र जुन २४ मा नेदरल्यान्ड्ससँग समूह चरणको अन्तिम खेल खेल्नेछ । नेपालले छ्नोटअघि जिम्बावेमै दुई वार्म अप म्याच पनि खेल्ने भएको छ । नेपालले पहिलो वार्म अप म्याचमा युनाइटेड अरन इमिरेट्स ९यूएई०सँग जुन १३ मा र दोस्रो खेल जुन १५ मा ओमानविरुद्ध खेल्नेछ । प्रतियोगिताम कुल १० टिमले भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछन् ।
सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । यस्तै, प्रतियोगिताको समूह ए मा नेपाल, वेस्ट इन्डिज, अमेरिका, नेदरल्यान्ड्स र जिम्बाब्वे छन् । समूह ‘बी’मा आयरल्यान्ड, ओमान, स्कटल्याण्ड, श्रीलंका र युनाइटेड अरब इमिरेट्स यूएई छन् । प्रत्येक समूहबाट शीर्ष तीन टिमले सुपर सिक्सम स्थान बनाउनेछ्न् । प्रतियोगिबाट दुई टिमले विश्वकप स्थान बनाउनेछन् ।
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदै
काठमाडौं । भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ । तीन खेलको शृङ्खला अन्तर्गत दोस्रो एकदिवसीय खेल...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...
सदर चिडियाखाना आज बिहानै देखि खुला, प्रवेश शुल्कमा सहुलियत
काठमाडौै । रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको दिन आज सदर चिडियाखाना बिहानै देखि खुलेको छ । आज विहान...
बार्सिलोनासँग रियल २-१ ले पराजित
काठमाडौं । बार्सिलोनाले प्रि-सिजन मैत्रीपूर्ण खेलमा चिरपरिचत प्रतिद्धन्द्धी रियल मड्रिडलाई पराजित गरेको छ । अमेरिकाको मेटालाइफ रंगशालामा आइतबार...