पूर्वसूचना प्रणालीलाई प्राथमिकतामा राख्नुपर्नेमा राष्ट्रियसभा सदस्यहरूको जोड

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय सभा सदस्यहरुले जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि पूर्वसूचना प्रणालीलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् । प्रदेश सभाका सभामुख उपसभामुखहरुको साझा फोरम स्पिकर फोरम नेपालले मंगलवार काठमाण्डौमा गरेको जलवायु परिवर्तन सम्बन्धी नीतिगत छलफलमा सहभागी राष्ट्रिय सभा सदस्यहरुले दिगो विकास लक्ष्य प्राप्तीका लागि जलवायुजन्य विपद्बाट हुँदै आएको क्षति न्युनिकरण गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनीहरुले दिगो विकासका सबै लक्ष्यहरु एक आपसमा अन्तरसम्बन्धीत भएकाले सबैलाई समान प्राथमिकता दिनुपर्ने उल्लेख गरे । राष्ट्रिय सभा अन्र्तगत दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले दिगो विकासका सबै लक्ष्यहरु एक आपसमा सम्बन्धित भएकाले सबैलाई उत्तिकै प्राथमिकता दिनुपर्ने उल्लेख गरेका छन् । उनले जलवायुजन्य विपद्का घटनाबाट हुने क्षतिको न्युनिकरणका लागि पूर्वसूचना प्रणालीको विकास गर्नुपर्ने आवश्यकता औल्याएका छन् ।

भूकम्प बाहेकका प्राकृतिक प्रकोपको पूर्वसूचना प्रणाली मार्फत जानकारी पाउन सकिने भएकाले त्यसतर्फ सरकारको ध्यान जानुपर्नेमा उनले जोड दिए । त्यस्तै विधायन व्यवस्थापन समितिकी सभापति जयन्तीदेवी राईले दिगो विकासका लक्ष्य प्राप्त गर्न बाधक कतिपय कानूनहरु परिमार्जन गर्न जरुरी रहेको बताए । उनले भएका कानूनहरुको प्रभावकारी कार्यान्वयन बारे पनि अध्ययन हुन जरुरी रहेको बताए ।

समिति सभापति राईले स्थानीय तहलाई अधिकार विनियोजन हुन नसक्दा कतिपय विपद्का घटनामा ठूलो क्षति व्यहोर्नुपरेको बताए जलवायुजन्य विपद्का कारण वर्षेनी ठूूलो धनजनको क्षति हुने गरेको र त्यसले प्रत्यक्ष रुपमा दिगो विकास लक्ष्य प्राप्तीमा असर पु¥याउँदै आएको उल्लेख गर्दै विपद्को न्युनीकरणका लागि पुर्वसुचना प्रणालीको विकास गर्नुपर्नेमा जोड दिए । उनले जलवायुजन्य नीति ऐन धेरै भएपनि कार्यान्वयनमा सरकार उदासिन बनेको आरोप लगाएका छन् । राष्ट्रिय सभामा नेपाली काँग्रेस संसदीय दलका नेता रमेशजंग रायमाझीले जलवायु परिवर्तनबाट परेको असरका बारेमा संसदमा नियमित छलफल हुन जरुरी रहेको बताए ।

उनले सरकार, संसद र सांसदहरुले जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणकालाई निर्वाह गर्नुपर्ने भुमिकाका बारेमा स्पष्ट हुनु जरुरी रहेको बताए । राष्ट्रिय सभामा प्रमुख विपक्षी दल नेकपा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले जलवायु परिवर्तनले पार्ने प्रभावका बारेमा नीतिगत बहससँगै तल्लो तहसम्म जनचेतना फैलाउन जरुरी रहेको बताएका छन् । कार्यक्रममा सहभागी अधिकांश राष्ट्रिय सभा सदस्यहरुले विद्यमान नीतिको प्रभावकारी कार्यान्वयनसँग जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि पूर्वसूचना प्रणालीलाई व्यापक बनाउनुपर्नेमा जोड दिएका थिए ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.